राजनीति

युवा नेता गगन थापामाथी एमालेको आक्रमण, निर्बाचन हार्ने डरले आत्तिएको काँग्रेसको तर्क

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन थापालाई एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन् । स्वास्थयमन्त्री समेत रहेका नेपाली जनताका लोकप्रीय नेता गगन बुढानिलकण्ठ नगरपालीका १० कपनमा एकजना काँग्रेसी समर्थकको घरमा बिरामी हेर्न जाँदा आक्रमण प्रयास गरेका हुन् ।
सुरक्षाकर्मीका साथमा आफ्नो निर्बाचन क्षेत्रमा गएका थापा पछाडीबाट ढुंगा हान्न थालेपछि भागेर ज्यान जोगाएका थिए । एमाले कार्यकर्ताहरुले निर्बाचन आचारसंहिताको उलंघन गरेको आरोपमा गगनलाई त्याँहाबाट लखेटेका हुन् ।

एमालेका कार्यकर्ताहरुले निर्बाचन आयोगमा गगनले आचारसंहिता उलंघन गरेको आरोपमा उजुरी दिएको बताएका छन् । गगनलाई एमाले कार्यकर्ताहरुले ज्यादै तुच्छ शब्दहरुले गाली गलौज गरेको स्थानीय प्रत्यक्षदर्शीले सुर्यखबरलाई बताए ।

गगन थापालाई घटनास्थलबाट सुकेधारा आउन्जेलसम्म एमाले कार्यकर्ताहरुले लखेटेका थिए । नेपाली काँग्रेससले हार्ने डरको एमालेले आफ्ना कार्यकर्तालाई असभ्य तरिकाले काँग्रेस युवा नेता गगन थापामाथी आक्रमण प्रयास गरेको दाबी गरेको छ ।

निर्बाचन आयोगले यस बिषयमा खासै प्रतिकृया दिएको छैन ।