अन्तर्राष्ट्रिय

चीनमा शक्तीशाली भूकम्पका कारण ८ को मृत्यु २३ घाईते

काठमाण्डौ । चीनमा भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ भने २३ जना घाईते भएका छन् ।
चीनको उत्तरपश्चिममा पर्ने झिनजियाङको ट्याक्सकोर्गन क्षेत्र केन्द्रबिन्दु हुनेगरी ५.५ रेक्टर स्केलको भूकम्पका कारण चीनमा उक्त क्षती भएको छ । १२ हजार भन्दा बढी प्रभाबित भएका र झण्डै १० हजार घरपरिवारलाई स्थानान्तरण गरिएको एजेन्सीहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार बिहान १० बजे गएको भूकम्पमा १०० भन्दा बढी पराकम्पनहरु गएको जनाइएको छ भने बाक्लो रुपमा चीनीय सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । स्थानीय नागरिकहरुको पनि स्वयम्सेवीका रुपमा उपस्थिति छ ।

भूकम्पका कारण मानविय क्षतीका अलवा भौतिक सम्पती र चौपायाहरु समेत पुरिएको स्थानीय प्रहरीले चीनीया समाचार संस्था सिन्वालाई जनाएको छ ।