राजनीति

नेता लेखक भन्छन्, ‘नेपाली कांग्रेसको पक्षमा जन-लहर आएको छ’

ललितपुर । नेपाली कांग्रेसले पहिलो चरणमा निर्वाचनहुने सबै स्थानमाआफ्नो पक्षमा चुनावी लहर आएको दावी गरेको छ ।
सोमबार अपरान्ह नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह निर्वाचन २०७४ केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले यस्तो दावी गरेका हुन् । “ स्थानीयतहको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा लहर आएको छ ,” उनले भने,“हामी अग्रस्थानमा छौ, हामी चुनाव जित्दैछौ ।”

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य लेखकले नेपाली कांग्रेसका सबै तहका नेताहरु अत्यन्तक्रियाशीलता पूर्वक निर्वाचनमा खटिइरहेको बताउदै भने,“ समग्र पार्टी तलदेखि माथिसम्म एक ढिक्का भएर लागेको छ ।”
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पहिलो चरणको निर्वाचनहुने सबै जिल्लाहरुकात्यहाँकाजिल्ला / क्षेत्रीय/ नगर/ गाँउ कार्यसमिति, भातृ तथाशुभेच्छुक संघ/संगठन र मतदाताकाबीचमा समन्वय कायम गर्न केन्द्रीय नेताहरुलाई खटाएको जानकारी दिंदै केन्द्रीय सदस्य लेखकले भने,“ यसले जिल्लामा थप उत्साह थपिने छ र नेपाली कांग्रेस अझ अगाडी बढ्नेछ ।”

नेपाली कांग्रेसले निर्वाचनको क्रममा अन्य दलहरुसंग भएको तालमेल समस्या रहितभएको पनि जनाएको छ । “ तालमेल भएका स्थानमा अहिले कुनै समस्या छैनन् ” केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक लेखकले भने,“ संयुक्तप्रचार अभियान चलेको छ । पत्रकार सम्मेलनभएको छ ।” उनले ती स्थानमा पनि नेपाली कांग्रेसको अवस्था अत्यन्तै राम्रो भएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले निर्वाचनमा मतदाता शिक्षालाई पनि उत्तिकै प्राथमिकता दिएको बताउदै निर्वाचनलाई निश्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्नगर्न नेपाली कांग्रेसका सबै तहका नेता र कार्यकर्ताहरु समर्पित भएर लागेको पनि उल्लेख गरे।
निर्वाचनप्रचार प्रसारका क्रममा केही स्थानमा नेपाली कांग्रेसका कार्यकर्ताको सवारी साधन तोडफोड गर्ने दुस्प्रयास भएकोमा त्यसको कडा शब्दमा भत्र्सना गर्दै केन्द्रीय सदस्य लेखकले भने,“ यस्ता अवाञ्छित घटनाले कांग्रेस कतिपनि विचलित हुँदैन । थप ऊर्जाका साथ अगाडि बढ्छ ।”

सहमतिमै संशोधनविधेयकपारित गरिने

केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य लेखकले संसदमा विचाराधिन संविधान संशोधन विधेयकलाई राजनीतिक दलहरुको सहमतिमा नै पारित गर्ने मनशायले अगाडि बढाइरहेको दावी गरेका छन् ।
संशोधनको विलम्बले तराई–मधेशका जनतामा धोका हुन्छ कि भन्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिंदै काँग्रेस केन्द्रीय सदस्य लेखकले भने “संविधानमा सबैको स्वामित्व स्थापनागर्न र संविधान मेरो पनि हो भन्ने भावना जागृत गराउदै साझा सम्पत्तिको रुपमा यसलाई स्थापित गराउने कार्यको नेतृत्वपनि नेपाली कांग्रेसले नै लिन चाहन्छ ।”

कार्यक्रममा केन्द्रीय सदस्य लेखकले संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजाने विषयलाई नेपाली कांग्रेसले प्रारम्भ देखिनै प्राथमिकतामा राखेको उल्लेख गर्दै भने,“ तराई–मधेश, पहाड, हिमाल सहित देशको सबैभागमा बस्ने सबै नेपालीको भावना समेट्न सकियोस भनेर नै हामीले संविधानजारी हुँदाका बखतदेखि नै संशोधनद्वारा यसका कमीकमजोरी सुधार गरिने कुरा उठाएका थियौ ।”
“यसमा साझा एजेण्डाहरु समेटिएका छन,” संविधान संशोधनको प्रस्ताव सहमतिमा तयार पारेर नै दर्ता गरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले भने,“यसमा राष्ट्रिय जनतादलसंग छलफल गरेर संशोधन विधेयक परिमार्जमा साझा धारणा बनाइएको छ, उपयुक्त समयमा विधेयक प्रस्तुत हुनेछ ।”
विभिन्नदलहरुसंग वार्ता र संवाद गरी संशोधन विधेयक पारित गरिने बताउदै उनले भने,“ यसमा केही जटिलता पनि छन् तर हाम्रो तर्फबाट हैन।”