राजनीति

उपेन्द्र यादबले राजेन्द्र महतोलाई गन्दैनन्, ‘बिज्ञप्ती निकाल्दै भने म नै गठबन्धनको अध्यक्ष हुं’

काठमाण्डौ । संघीय समाजबादीका संयोजक उपेन्द्र यादबले आफू नै संघीय गठबन्धनको आधिकारिक अध्यक्ष भएको दाबी गरेका छन् । स्थानीय तहको निर्बाचनमा भाग लिएको भन्दै उपेन्द्र यादबलाई महन्थ ठाकुर,  राजेन्द्र महतो लगायतका दलहरुले संघीय गठबन्धनबाट निकालेर महन्थ ठाकुरलाई अध्यक्ष बनाएको घोषणा गरेका थिए ।

पुर्ब परराष्ट्रमन्त्री समेर रहेका यादब र सद्भावना अध्यक्ष राजेन्द्र महतोकोबीचमा बेला बेलामा बिबादहरु सतहमा आईरहेपनि अन्तिम राजनीतिक घटनाक्रमले पानीबाराबारको स्थीथि रहेको स्रोतको दाबी छ । एक मधेसी नेताका अनुसार उपेन्द्र यादबले राजेन्द्र महतोलाई दमदार नेता मान्दैनन्, महतोपनि आफू मधेसको सबैभन्दा ठूलो ठेकेदार सम्झिन्छन् त्यसैका कारण बेलाबेलामा यी नेताहरुबीच समस्या आएको हो ।

आईतबार एक बिज्ञप्ती जारी गर्दै आफू नै संघीय गठबन्धनको संयोजक भएको यादबले बताएपछि बिबाद छन् लम्बिने अनुमान लगाउन सकिन्छ ।  यादबले संघीय गठबन्धनले आफूलाई निकालेको निर्णय गर्दा गठबन्धनका महत्वपूर्ण ब्यक्तीहरु नभएको र यसलाई आझ सकृय बनाउनुपर्ने आवश्यक्ता रहेको बिचार उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।