राजनीति

अचम्म हुने भो चितवनमा बाँदरमुढेलाई बिर्सिएर काँग्रेस र माओबादी यसरी गरे अंकमाल

चितवन। माओवादी केन्द्रकी मेयर उमेदवार रेणु दाहाल र नेपाली कांँग्रेसकी उपमेयर उमेदवार पार्वती शाह लाई स्थानीय तहको निर्वाचनमा संयुक्त रुपमा मतदान गरी सर्मथन गर्ने सहमति भएको छ । शनिबार भरतपुरमाहानगरपालीकामा दुबै पार्टीले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराईएपछि उक्त बिबाद हटेको हो ।

दुवै पार्टीको केन्द्रीय नेतृत्वको निर्देशन र निर्णय अनुसार भरतपुर महानगरपालिकाको मेयर पदमा ने.क.पा. माओवादी केन्द्रकी रेणु दाहाललाई नेपाली कांँग्रेसले समर्थन गर्ने र उपमेयर पदमा नेपाली कांँग्रेसकी शाहलाई माओवादी केन्द्रले समर्थन गर्ने भएकाले त्यसलाई दृढतापुर्वक कार्यन्वयन गर्न दुबै पार्टीका महानगर स्तरीय पार्टी र भातृसंगठनलार्ई व्यापक परिचालन गर्ने संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ । यस्तै मेयर र उपमेयर संयुक्त रुपमा प्रचार प्रसार गर्ने, संयुक्त उपस्थितिमै संभव भएसम्म कार्यक्रम गर्ने र सबै वडाहरुका बीचपनि हार्दिकताका साथ समन्वय गरी कार्यक्रम सहमति भएको सो प्रेस वक्त्वयमा भनिएको छ ।

यसैबीच कार्यक्रममा बोल्दै मेयरकी उमेदवार रेणु दाहालले केन्द्रको निर्णय अनुसारनै सहमति, सहकार्य र एकताबीच स्थानीय चुनाव सफल पार्ने कटिबद्धता दोहोर्याईन् । यस्तै उपमेयरकी प्रत्यासी पार्वती शाहले महानगरमा नेपाली कांँग्रेसको जीत सुनिश्चित हुदाहुदैपनि केन्द्रको निर्णय बमोजिम आफूले माोबादी केन्द्रलाई समर्थन गर्ने कटिबद्धता व्यक्त गरिन। दुबै उमेदवारले चितवन अत्यन्त संभावना भएको जिल्ला भएको स्पष्ट पार्दे दुबै पार्टी मिली केन्द्रको गुरुयोजना र जिल्लाको योजनाका साथ भरतपुर महानगरलाई देशकै नमुना महानगर बनाउने कुरामा कुनै कसर बाँकी नराख्ने बताए।

महानगरमा दुइपार्टी सहमति भएसंगै वडाको सहमति र समन्वयको लागि वडालाइनै अधिकार दिएको नेपाली कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले बताएका थिए । यस्तै नेपपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भटराईले पनि देशभर लगायत चितवन जिल्लामा पनि नेपाली कांँग्रेससंग मात्रै सहकार्य गरी अगाडी बढ्ने बताउंँदै वडामा पनि सोही अनुसार सहकार्य गरी अघि बढ्ने बताए ।

 राजनीतिक रुपमा प्रधान शत्रु मान्ने काँग्रेससंग अंकमाल गरेर सरकारको नेतृत्वमान भएन अब त स्थानीय तहमा पनि यीनिहरुको सहिकार्य देखिन थालेको छ । कसैले दुई धु्रबको बिचार राख्ने काँग्रेस र माओबादीको निर्बाचन तालमेललाई स्वभाबिक मानेका छन् भने कसैले अचम्म मानेका छन् ।