मनोरञ्जन

एलिनाले बिदेशबाट दिईन् “प्रणको आवेदन ! ! !”

प्रणको आवेदन !

ओ प्रिय !
तिमी मेरो
मनको इजलासमा
कैद भएका छौ
आजदेखी ।
मनभित्रै
दिइसकेँ
मैले तिमीलाई
इजाजत पत्र ।

मेरो अनन्त
इच्छा
तिमी मेरो मनबाट
दूर भाग्दैनौ
निरन्तर
तिम्रो कम्पनले
मलाई
झक्झकाइरहनेछ ।

आखिर
तिम्रो अनि
मेरो विचार
एकै न हो
तिमी राष्ट्रप्रेमी
हगी
म पनि राष्ट्रप्रेमी ।

हामी
सगरमाथालाई
ढल्न दिँदैनौँ
सिमानालाई मिच्न दिँदैनौँ
लालीगुराँसलाई
प्रेम गर्छौँ
डाँफेचरीसँगै
लुकामारी खेल्दै
हुर्किएका छौँ
बुद्धको जन्मस्थल
लुम्बिनी बचाऔँ
अभियानमा ।
निरन्तर जुटेका छौँ
सम्पूर्ण राष्ट्र जोगाउन
हरपल सङ्घर्षरत छौँ  ।

ओ प्रिय !
आजैदेखि तिमी
मेरो मनको फाराममा
एउटा आवेदन भर
यो राष्ट्रलाई
यसरी नै
सुपरीवेक्षण गरेर
सधैँ बचाइराख्ने
प्रण गरेर ।