समाचार

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डौ । सन् २०१८ को अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) को नतिजा सार्वजनिक भएको छ । बुधबार इडीभी नतिजा प्रकाशित भएको हो । इडीभी नतिजा प्रकाशित भएलगत्तै अमेरिकी राजदूतावासले डिभी पर्नेहरुलाई सचेत रहन समेत आग्रह गरेको छ ।

डिभी परेको नाममा विभिन्न संस्थाहरुले ठग्ने गरेको विगतको इतिहासलाई स्मरण गर्दै उसले अमेरिकन दूतावासको सल्लाहमा मात्र काम गर्न आग्रह गरेको छ ।  डीभी चिठ्ठाको नतिजा डिभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिने जनाइएको छ ।

डिभी परेको–नपरेको र अन्य सोधपुछका लागि अमेरिकी दुतावासको १–८००–०९१–०११४ नम्बरमा सम्पर्क गरेर सोध्न सकिने जनाइएको छ ।