काठमाण्डौ । आगामी वैशाख २३ गतेदेखि राजधानीमा प्रथम दक्षिण एसियाली योग खेलकुद च्याम्पियन हुने भएको छ । नेपाल योग खेलकुद संघको आयोजनामा च्याम्पियनसिप प्रतियोगिता हुन लागेको हो ।
च्याम्पियनसिपमा ८ देखि १२ वर्षसम्म, १२ देखि १४ वर्षसम्म, १४ देखि १८ वर्षसम्म तथा १८ देखि ३५ वर्षसम्म समूह निर्धारण गरी प्रतिस्पर्धा गराइने आयोजक संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा व्यक्तिगत रुपमा पनि सहभागी हुन पाउने व्यवस्था छ । चारदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा हुने जनाइएको छ ।