पु.समाचार

जिल्ला सुरक्षा समितिद्धारा चितवनका सातवटै स्थानीय तहमा निषेधित क्षेत्र घोषणा

चितवन । स्थानीय तहको निर्वाचनलाइ लक्षित गरी जिल्ला सुरक्षा समितिद्धारा चितवनका एक महानगरपालिका , पांँच नगरपालिका र एक गाउंँपालिका गरी सातवटै स्थानीय तहमा निषेधित क्षेत्र घोषणा गरिएको छ । आजबाटै लागुगरिने गरी मतपत्र गणना नभएसम्मकोलागि निषेधित क्षेत्र घोषणा गरिएको चितवन जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

निषेधित क्षेत्रहरुमा महत्वपुर्ण प्रतिष्ठान, प्रशासनिक भवन, अस्पताल, मुख्य निर्वाचनको कार्यलयहरु रहेका छन। सो स्थानमा आमसभा, कोणसभा, धर्ना, जुलुस, लगायतका गतिविधिहरु गर्न नपाईने प्रहरी उपरीक्षक थापाले बताउनु भयो। जसका लागि सबै मातहतका सुरक्षा कर्मीहरुलाई समेत निर्देशन दिइसकिएको छ । आजबाटनै निषेधित क्षेत्रका चारै कुनामा निषेधित क्षेत्र टासिएका बोर्डहरु राख्ने कामलाई तिब्रता दिइएको छ ।

यसैबीच स्थानीय निर्वाचनको लागि भोलिसम्ममा सबै मतदान केन्द्र लगायतका क्षेत्रहरुमा सबैतहका सुरक्षा कमी तैनाथ गरिसकिने थापाले बताउनुभयो । जसमध्ये नेपाल प्रहरी ३२१५,जना, शशस्त्र प्रहरी प्रत्येक इकाईमा ६०÷६० जना ,सेनाको टुकडी र म्यादी प्रहरी १२५५ रहेका छन। चितवनमा १६१ मतदानकेन्द्र रहेका छन भने १३ लाख २ जना मतदाताहरु रहेका छन ।