राजनीति

काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान एबम् गृहमन्त्री निधिद्वारा अप्रत्यासीत राजीनामा

काठमाण्डौ । नेपाली काँग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधन एबम् गृहमनत्री बिमलेन्द्र निधिले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पमल दाहालले राजीनामा नदिन आग्रह गरेपनि आईतबार संसदमा प्रस्ताव गरिएको प्रधानन्यायाधीष शुशीला कार्की बिरुद्धको माहाअभियोग प्रस्तावमा आफूलाई नसोधिएको भनेर असन्तुष्ट रहेका नेता निधि पार्टीभित्रको आन्तरीक सन्तुलन मिलाउन राजीनामा दिएको हुन सक्ने अनुमान लगाईएको छ ।

उपप्रधान एबम् गृहमन्त्री निधि सरकारमा आफू कमल थापा भन्दा बरिष्ठ भएकोले कनिष्ठमा बस्नुभन्दा राजीनामा दिने बताउदै आएका भएपनि अन्तिम समयमा कमल थापालाई नै बरिष्ठ दिएपनि मन्त्री निधिले क्याबिनेट बैठकमा उपस्थीति देखाउदै थिए ।

अन्तिम समयमा पार्टी सभापति शेरबहादुर देउवासंग सम्बन्ध चिसिएका कारण पार्टीमा नै असन्तुष्ट भएका मन्त्री निधि कार्यक्रमहरुमा जाँदा पनि त्यती उत्साहजनक रुपमा उपस्थीति भएको देखिएको थिएन ।