पु.समाचार

शुशीला कार्कीले जनतामा हाई हाई हुनेगरी सुडान काण्डका पूर्ब आईजीपीहरुलाई यसरी जेल हालिन

काठमाण्डौ । सुडान काण्डमा सर्बोच्च अदालतले तीन पूर्ब आईजीपीहरुलाई जेल सजाय सुनाएको छ । सर्बोच्च अदालतकी प्रधानन्यायाधीष शुशीला कार्की सहितको ईजलासले धेरै समयदेखि थाती रहेको सुडान मुद्धालाई किनारा लगाउदै नेपाल प्रहरीका पूर्ब आईजीपीहरु रमेशचनद ठकुरी, ओम बिक्रम राणा र हेम बहादुर गुरुङलाई देषी ठहर गरेको छ ।

पूर्बप्रहरी आईजीपी ओमबिक्रम राणलाई २ बर्ष कैद र ५ हजार जरिवाना, पूर्ब आईजीपीहरु रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई १/१ बर्ष कैद र ४०/४० हजार जरिवाना सुनाएको छ ।

पूर्ब प्रहरी अधिकृतहरु श्यामसिँह थापा, दिपकसिंह थाङदेन लाई ११ बर्ष कैद र ४०/४० हजार जरिवाना तथा दिपक कुमार श्रेष्ठ र रबि प्रताप प्रताप राणा ६/६ महिना कैद र ३०/३० हजार जरिवाना तोकेको छ ।

शुशीला कार्कीले संसदमा माहाअभियोग प्रस्ताव दर्ता गरेकै दिन उक्त निर्णय गरेकी छिन् ।