राजनीति

प्रधानन्यायधीष कार्कीलाई किन निलम्बन गरियो ? ९ आरोप सहितको कथा

काठमाण्डौ । पहिलो महिला प्रधान्यायधीषको रुपमा नियुक्त भएकी शुशीला कार्कीलाई हटाउन माहाअभियोग प्रस्ताब दर्ता भएको छ । नेपाली काँग्रेस  र माओबादी केन्द्रका २५९ जना साँसदहरुद्वारा हस्ताक्षर गरिएको प्रस्ताब काँग्रेस सांसद भीनबहादुर बिश्वकर्माले दर्ता गराए भने समर्थनमा माओबादी केन्द्रका प्रमुख सचेतक समेत रहेका साँसद टेकबहादुर बस्नेतले  समर्थन गरेका छन् ।

सर्बश्व सहित जन्मकैदको फैसला सुनाईएको बालकृष्ण ढुंगेललाई पक्राउ नगरेको भनेर निलम्बित प्रधान्यायाधीष शुशीला कार्कीले बेला बेलामा प्रहरी प्रधान कार्यालयलाई समेत ताकेता गरेको रीस थियो भने काँग्रेस सभापति शेरबहादुर देउवालाई डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने केशमा प्रधानन्यायधीष कार्कीले अनावश्यक हस्तक्षेप गरेको भन्नेमा रीस थियो ।

शुशीला कार्कीले पनि १० बर्षदेखि थाँती रहेका मुद्धा हेर्नुभन्दा पनि डीआईजीपी नवराज सिलवालको केशमा अनावश्यक रुपमा हस्तक्षेप गरेको अनुमान न्यायबृतमा लगाउने गरिन्छ । शुशीला कार्की उनै साहसी प्रधानन्यायाधीष थिईन जसले अख्तियार दुरुपयोग अनुसंधान आयोगमा प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य भन्दै अपदस्त गरेकी थिईन् ।

प्रधानन्यायधीष कार्कीलाई एमालेको उक्साहटमा लागेर न्यायालयमा हस्तक्षेप गरेको आरोप पनि काँग्रेस र माओबादी केन्द्रका नेताहरुको चिया गफमा सुनिएको थियो ।

शुशीला कार्कीको माहाअभियोगलाई जसरी हेरेपनि आईतबार दर्तागरिएको माहाअभियोगमा यस्ता बिभिन्न ९ आरोप लगाईएका छन् ।

के के छन् त आरोपहरु बुंदागत रुपमा पढौं

१. प्रधानन्यायाधीश कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ।
२. आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको ।
३. न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको
४.कार्यविधि र कानुनको पालना नगरेको ।
५. न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको ।
६. शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको ।
७. सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको ।
८. न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको ।
९. खराब आचरण गरेको ।