राजनीति

मध्यरातमा यसरी भयो संसोधन प्रस्ताव दर्ता

काठमाण्डौ । सत्तारुढ दरहरु र मधेसी मोर्चाले मध्यरातमा संसोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, माओबादी केन्द्रका टेकबहादुर बस्नेत, राप्रपाकी कुन्ती कुमारी शाही, सद्भाबनाका लक्ष्मणलाल कर्ण, तमलोपाका जंगीलाल राय सहितले संसोधन प्रस्ताव दर्ता गराएका छन् ।

संसोधन प्रसताब पास भए प्रदेशको सहमतीमा सीमाङकन हेरफेर गर्न सकिने भन्ने ब्यबस्थामा परिवर्तन हुन्छ, अब मोर्चासंगको सल्लाह अनुसार प्रदेशको परामर्शमा सीमाङकन हेरफेर गर्न सकिने भन्ने शब्द राखिन्छ ।

काँग्रेस र माओबादी केन्द्रका नेताहरु शनिबार दिनभर मधेसी मोर्चाका नेताहरुसंग सहमती जुटाउन छलफलमा जुटेका थिए । बिभिन्न चरणको छलफलपछि मोर्चासंगको अन्तिम सहमतीमा उक्त प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्ताबलाई समर्थन गराउन लगायत निर्बाचनमा एमालेको सहयोग जुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला ओली निवास गएका थिए ।

छलफलको परिणाम स्वरुप शनिबार मध्यरातमा संसोधन प्रस्ताव दर्ता गरिएको छ, अबको संसद बैठकले उक्त प्रस्ताव पास हुने बिश्वास लिएको काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सुर्यखबरलाई बताए ।