आर्थिक

हिमालयन एयरलाईन्सको दुबईमा प्रत्यक्ष उडान शुरु

काठमाडौँ । तीव्र गतिमा अघि बढिरहेको नेपालको एक निजी वायु सेवा कम्पनी, हिमालय एयरलाईन्सले विश्वभुगोलको मध्य(पूर्व क्षेत्रमा आफ्नो उपस्थितिलाई कायम राख्दै काठमाण्डौँ र दुबई बिच आफ्नो पहिलो प्रत्यक्ष उडान सेवा सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त्त जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौँबाट १०:४० मा प्रस्थानगरि दुबईको अलमकतूम अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय १३:२५ माअवतरण गरेको छ ।

हप्ताको ३ दिन, सोमवार, बुधवार र शुक्रवार उडान गर्ने हिमालय एयरलाइन्सले, तिन वटा एअरवस A-320-214 मध्थे एउटा एअरवस यस मार्गमा सच्चालन गर्नेछ, जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमीक्लास नियमित आधारमा विभाजित गरेको छ ।

हिमालय एयरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन् -:“दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एयरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि हो । सो एयरलाईन्सले मध्य-पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिर्गमनमा थप बढावा प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौ । काठमाण्डौँ-दुबई बीच निरन्तर सेवा प्रदान गर्ने हाम्रो पूर्वनिर्धारित लक्ष्य थियो जसलाई प्राप्त गर्दा हामी अत्यन्त उत्साहित भएका छौ, यसले युएईमा हाम्रो उडान सच्चालनलाई अझ मजबूत तुल्याउने छ ।”

उक्त कम्पनीले काठमाण्डौ-दुबई-काठमाण्डौको लागि आकर्षक टिकटदर कायम गरेको छ । एयरलाईन्सले Fishtail Travel and Tourism LLC, दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको एयरलाईन्सले जनाएको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एयरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ ।