मनोरञ्जन

क्यान्सर पीडित भारतीय कलाकार बिनोद खन्नाको निधनमा नेपालीहरु दुःखी

मुम्बई । बलिउड अभिनेता बिनोद खन्नाको निधनले भारतमा रहेका नेपालीमात्र होईन राजनीप्तिक रुपमा भारतको तीब्र बिरोध गर्ने नेपालीहरुले पनि दुःख ब्यक्त गरेका छन् । नेपालीहरुले चर्चित अभिनेता खन्नाको फोटो सामाजिक संजालमा राखेर हार्दिक श्रद्धान्जली अर्पण गर्ने, भारतका मात्र नभएर बिश्वका नै राम्रा कलाकार गुमाएको बताएका छन् ।

क्यान्सरबाट पीडित खन्नको ७० बर्षको उमेरमा मुम्बई अस्पतामा बिहीबार निधन भएको थियो ।  स्वर्गीय कलाकार खन्नालेले बलिउडका चलचित्र ‘अमर अक्बर एन्थोनी’ र मेरे अपनेलगायत दर्जनौँमा हिन्दी र सन् १९७० को दशकमा विद्रोही युवाको भूमिकाको रुपमा अभिनय गरेका थिए।

मार्च ३१ मा मुम्बईको सर एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएका प्रशिद्ध कलाकार खन्ना पंजाब राज्यको सांसद समेत भएका थिए ।

बलिउडका चर्चित कलाकारको रुपमा चिनिने अक्षय खन्ना सहित तीन छोरा र एक छोरीलाई खन्नाले १९६८ सालमा मनकामीत चलचित्रबाट अभिनय शुरुवात गरेका थिए । क्यान्सरपीडित खन्नालाई शरीरमा पानीको कम भएको डाक्टरहरुले बताएका थिए ।

२०१५ मा शाहरुख खानको सुपरहिट चलचित्र दिलवालेमा अभिनय गरेका स्व. खन्नाले मेरे अपने, मेरा गांव मेरा देश, इम्हिान, इनकार अमर अक्वर इन्थोनी, लहू के दो रङ्ग, कुर्बानी, दयावान र जुर्मजस्ता चलचित्रमा दमदार अभिनय रहेको छ ।