राजनीति

नामाङकन र संख्यामा चित्त बुझेन भन्दै एमालेले यसरी गर्याे बुधबार पनि संसद अबरुद्ध

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमालेले संसद अबरुद्ध गरेको छ । मधेसी मोर्चासंग सहमती भएबमोजिम ११ वटा जिल्लामा मात्र जनसंखयाका आधारमा स्थानीय तहको जनसंख्याका आधारमा बृद्धी गर्ने, निर्बाचन गर्दा दोस्रो चरणको जेठ ३१ गते गर्ने कुरामा उपप्रधानमन्त्री समेत रहेका स्थानीय बिकासमन्त्री कमल थापाले सरकारका तर्फबाट जवाफ दिएपनि चित्त नबुझेर संसद अबरुद्ध गरेको छ ।
एमालेले ११ वटा जिल्लामा मात्र जनसंख्याका आधारमा स्थानीय तह बृद्धी गर्ने सरकारको परिपत्रको तीब्र बिरोध गरेको छ । भने अर्कोतिर जेठ ३१ गते दोस्रो चरणको निर्बाचन हुनुभन्दा अगाडी अर्थात जेठ १५ गते सरकारले बजेट ल्याउने हुंदा उक्त बजेटपछि गरिने निर्बाचनमा पनि एकालेको तीब्र पिबरोद रहदै आएको छ ।

मंगलबार पनि निर्बाचन घोषण गरिसकेपछि सीमाङकन र संख्या थप्न नमिल्ने माग राखी एमालेले संसद अबरुद्ध गरेको थियो ।
सरकारका तर्फबाट कमल थापाले शनिबार भएको मधेसी मोर्चासंगको सहमती अनुसार संािधान संसोधन गरिएको बाध्यता आफूहरुलाई रहेको जवाफ दिएका थिए । एमालेका संसदहरुले नारा लगाउदै संसद अबरुद्ध गरेका छन् ।