पु.समाचार

आयल निगम यसरीआफैं तेल कम दिएर ठगी गर्छ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाणभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको अड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो ।

गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालिमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार ट्यांकरको पेट्रोल नाप्दा परिमाण कम भेटिएको हो ।

नागरिक दैनिकका अनुसार, चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ लिटर नपुगेको नेपाल गुणस्तर तथा नापतौल विभाग अञ्चल कार्यालयका शाखा अधिकृत ममता मानन्धरले बताएकी छन् ।