समाचार

बोलेरोको ठक्कर बाट महिलाको मृत्यु , चालक नियन्त्रणमा

चितवन। चितवनको राप्ती नगरपालिका ११ मा गाडीको ठक्करवाट पैदलयात्रीको ज्यान गएको छ । ना १ ज ४८७३ नम्वरको बोलेरो गाडीले व्याक गर्ने क्रममा पदैलयात्री राप्ती ११ की कृष्णमाया खुलाल र सोही स्थानकी सिता थिङ्लाई ठक्कर दिएको थियो । ठक्करवाट गम्भिर घाइते भएकी बर्ष ४० की खुलालको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

अर्की महिला सिता थिङगको सामान्य अवस्थामा उपचार भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।