आर्थिक

अन्तराष्ट्रिय DLG अवार्डद्वारा Choco Fun को क्वालिटि विश्वस्तरीय प्रमाणित

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो तथा अग्रणी कन्फेक्सनरी उत्पादनकम्पनी सुजल फुड्सप्रा. लि. अन्तर्गतको सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड “चोकोफन”लेविश्वमै प्रतिष्ठित DLG अवार्डको सम्मान प्राप्त गरेको छ । विगत १७ वर्षदेखि नेपालभरीका बालबालिकाहरुलाई रमाइलो स्वादअनिखुशी पस्कदै आएको चोकोफनले ख्यातिप्राप्त “DLG Silver Award”को प्राप्तिबाट यसको विश्वस्तरीय क्वालिटि अन्तराष्ट्रिय रुपमा प्रमाणित भएको छ ।

DLG अवार्ड Deutsche Landwirtschafts-Gesellschaft, Frankfurt am Main, Germany द्वारा प्रदानगरिने एक वार्षिक अवार्ड हो, जुन सेनसरी परिक्षण पछि योग्य ठहरिएको र DLG को कडा गुणस्तर मापदण्ड पूरा गर्ने “फुड एण्ड बेभरेज”लाई मात्र प्रदान गरिन्छ । वर्षेनीविश्वभरका २७,००० भन्दा बढि ब्राण्ड तथाप्रोडक्टहरु यस अवार्डको प्राप्तिका निम्ति प्रतिस्पर्धा गर्ने गर्दछन् ।

कच्चापदार्थ र उत्पादनप्रक्रियालगायत गुणस्तरको मापदण्डको समेत कडा परिक्षण पश्चात मात्र उपलब्ध हुने यस अवार्डबाट सम्मानित भएको गौरवमय अवसरमा कम्पनीले यस उपलब्धीको श्रेय आफ्ना समस्तग्राहक, वितरक तथा शुभेच्छुकहरुलाई दिँदै हार्दिक कृतज्ञता पनिव्यक्त गरेको छ । साथै, यस उपलब्धीबाट झनै प्रेरित भई भविष्यमा पनि निरन्तर उत्कृष्टता पस्कदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

चोकोफनले आफ्नो ३ तहको क्रन्ची–क्रिस्पी वेफर, चकलेट क्रिमतथा स्वादिलो वाक्लो चकलेट मार्फत नेपालमा स्वादका पारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुती दिँदै आइरहेको छ । सन् १९९९ मा रु. ५ को मूल्यमा बजारमाप्र थम पटक आएको चोकोफन आफ्नो स्थापनाको पहिलो वर्षमा नै बजारमा अग्रणी स्थान हासिल गर्दै कम्पनीको सर्वाधिक लोकप्रिय उत्पादन बन्न सफल भएको ब्राण्ड हो ।