पर्यटन/संस्कृति

संजय युवा उत्प्रेरणा अवार्ड २०१७ बाट सम्मानित

काठमाण्डौ । नेपालमा नै पहिलो पटक अन्तराष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको युथ पार्लियामेन्ट सम्मेलनमा सगरमाथा, मनास्लु सहित बिश्वका ११ हिमालहरुको सफल क्रितिमानी आरोहण गर्न सफल संजय पण्डितलाई सोमबार राष्ट्रिय सभा गृहमा भएको कार्यकममा युवा उत्प्रेरणा अवार्ड २०१७ बाट सम्मान गरिएको छ ।

प्रमुख अथिति पूर्व नेपालका महामहिम राष्ट्रपति डा.रामबरण यादब, पररास्ट्र मन्त्रि डा .प्रकाश शरण महत युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याल, यूरोपेली महासंघ का राजदुत, पाकिस्तानी राजदुत, मालधिब्सका राजदुत, बंगलादेश एबम श्रीलंकन राजदुतहरुले संयुक्त रुपमा ताम्र पत्र एबम् फुल माला सहित सम्मान  गरेका थिए । हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउदै लाखौ युबाहरुको लागि सफलताको लागि प्रेणा श्रोत बन्न अहम भूमिका खेलेको हुनाले उनलाई उक्त अवार्ड द्वारा सम्मान गरिएको हो ।

पण्डितले अस्ट्रेलिया र अफ्रिकाको सर्बोच्च शिखर उल्टो पैदल हिडेर सफलता पुर्बक आरोहण गर्दै नेपालको पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने कृतिमान कायम गरिसकेका छन ।