राजनीति

नेबिसंघले स्थानीय तहको निर्बाचनमा वडा वडामा कार्यकर्ता खटाउने, पाँच सयलाई प्रशिक्षण

काठमाण्डौ । नेबिसंघले देशभर लोकतन्त्र दिवश मनाएको छ । लोकतन्त्र दिवशको अवशरमा आउदै गरेको स्थानीय तहको निर्बाचनलाई लक्षित गरि बिशेष रुपमा प्रशिक्षण अभियान पनि सम्पन्न गरेको छ ।

उपत्यका स्तरीय पाँच सय भन्दा बढी नेबिसंघका अगुवा नेताहरुको बीचमा संघका पूर्बअध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे,  नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेबिसंघ केद्रीय सभापति नैनसिंह महर लगायतले स्थानीय तहको निर्बाचनमा प्रतिस्पर्धीसँगको मुद्दा र बर्तमान राजनीतिमा नेबिसंघले खेल्नु पर्ने भूमिकाको बारेमा प्रशिक्षण दिएका थिए।

नेबिसंघ केन्द्रको निर्णय अनुसार संघको ४८ औं स्थापना दिबश देशभरका ७४४ वटा स्थानीय तहमा सम्पन्न निर्बाचन तथा प्रशिक्षण बिशेष अभियानको फलअपको रुपमा लोकतन्त्र दिबशको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको कुरा दुई चरणको चुनाबका लागि संघले हरेक वार्डमा प्रचार प्रसार कमिटि निर्माण गरी पार्टीलाई सहयोग पुर्यउने जानकारी अध्यक्ष नैन सिंह महरले बताए।