अन्तर्राष्ट्रिय

विस्फोटमा परि सोमालियाआठ सैनिकको मृत्यु

मोगादिसु (सामोलिया) । सोमालियाको अर्धस्वशासित राज्य फुन्टल्याण्डमा सडकको छेउमा विछ्या इएको एक बम आइतबार विस्फोट हुँदा कम्तिमा आठ सैनिकको मृत्युभएको यहाँको प्रहरीले जनाएको छ ।

घटनामा तीन जना सैनिक अधिकारी घाइते भएका बताइएको छ । उक्त क्षेत्रमा इश्लामिकस्टेट (आइएस)समूहको प्रभाव क्षेत्र हो ।

विस्फोट सेनाको गल्यालातर्फ हिडेको गस्ती गाडीहरुलाई लक्षित गरी गराइएको थियो घटनाको समाचार तयार पर्दासमम कुनै समूहले जिम्मेवारी लिएको छैन । यद्यपि उक्त क्षेत्रमा आइएस समूहद्वारा पटक पटक यस्ता विस्फोट गराउने गरेकोले आइतबारको विस्फोटमा पनि सोही समूहको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाइ छ ।

सोमालियालाई अलकायदा आवद्ध अल सवाव समूहले सुरक्षित आश्रयस्थलका रुपमा प्रयोग गर्दै आएको छ । रासस/एपी