समाचार

दुर्घटनामा ट्यांकर सहचालकको मृत्यु

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका स्थित पिप्लेमा तेल बोक्ने ट्याँकर व्याक गर्ने क्रममा ठोक्किएर गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सोही ट्यांकरका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुनय शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको उपचारका क्रममा गएराती करिव ९बजेको समयमा कलेज अफ मेडिकल साईन्सेस भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।