राजनीति

शनिबारको सहमतिलाई अपरान्हको क्याबिनेट बैठकले पास गर्यो, मोर्चाका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डौ । आईतबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले निर्बाचन दुईचरणमा गर्ने प्रस्ताव पास गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ११ बजे मन्त्री परिषद बैठक राखेका भएपनि उनी उक्त समयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका थिए ।
प्रधानमन्त्री दाहालले ओलीसंग १ घण्टाभन्दा बढी भएको भेटवार्तामा शनिबार संघीय गठबन्धनसंग निर्बाचन र्दुचरणमा गर्ने र संबिधान संसोधन परिमार्जनसहित पेश गर्ने भन्ने कुरामा कुरामा सरकारलाई साथ दिन आग्रह गरेका थिए । प्रधानमन्त्ती दाहालले उक्त आग्रह गरेपछि एमाले अध्यक्ष ओलीले संबिधान संसोध हेरेर जवाफ दिने बताएका थिए । पूर्बप्रधानमन्त्री समेत रहेका ओलीले निर्बाचन दुईचरणमा भएपनि बजेट ल्याएर निर्बाचन गर्न नमिल्ने बरु जेज १५ भन्दा अगाडीको मितिमा गर्दा राम्रो हुने सुझाव दिएका थिए ।
ओली निवासबाट सिंहदरबार आएका प्रधानमन्त्री दाहालले राखेको उक्त मन्त्री परिषद बैठकले मोर्चासंग भएकोृ शनिबारको सहमतीलाई पास गरेको सूचना तथा संचार मन्त्री राम कार्कीले बताएका छन् ।
सरकारले शनिबारको सहमतीलाई मूर्त रुप दिएपछि मोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको जनाएको छ ।
प्रधानमन्त्री दाहालले सोमबार निर्बाचन आयोगसंग थप निर्बाचनका बिषयमा थप कुराकानी गर्ने बताइएको छ ।