राजनीति

प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न बाटकोट, मन्त्रीपरिषद बैठक अनिश्चित

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले डाकेको मन्त्रीपरिषद बैठक छाडेर प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतर्फ हानिएका छन् ।

प्रधानमन्त्री दाहालले शनिबार मोर्चासंग सहमती गरेर दुई चरणमा गर्न लागीएको स्थानीय तहको निर्बाचन र आज मन्त्रीपरिषद बैठक बस्नु भन्दा अगाडी एमालेसंग लिनुपर्ने सहमतीलाई मध्यनजर गरी ओलीको सहमती लिन बालकोटतिर हानिएको स्रोतको दाबी छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि लगायत बरिष्ठ मन्त्रीहरु प्रधानमन्त्री कार्यालय आईसकेका छन् । केहिछिनपछि क्याबिनेट बैठक बस्ने बताईएपनि अनिश्चित देखिएको हो । पूर्ब प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसंगको कुरा अनुसार बैठकले गती लिने अनुमान गर्न सकिन्छ ।