पर्यटन/संस्कृति

बिश्व पर्वतारोही संजय पण्डितका सगरमाथा आरोहण गर्दा ध्यान दिनु पर्ने ११ महत्वपूर्ण अनुभबहरु

काठमाण्डौ । बिश्वको सबैभन्दा अग्लो शीखर सगरमाथा सहित बिश्वका अग्ला पाहाड चढेर किर्तिमानी कमाएका युवा संजय पण्डीतले सगारमाथा चढ्ने ईच्छा हुनुभएका वा सगरमाथा सम्बन्धमा अध्ययन गर्न ईच्छा राख्नुहुने माहानुभाबहरुका लागी सजिलो होस भने ११ वटा टिप्सहरु पश्किएका छन् । हिमाल, पाहाड चढेर राम्रो अनुभब बटुलेका पढडीतका टिप्सहरु तपाईलाईकाम लाग्न सक्छन् । पढ्नुहोस पण्डितका टिप्सहरु….

१. सामान्यतया आरोहणको सुरुवात ट्रेकिङ्ग बाट हुने गर्दछ, बिना ट्रेकिङ्ग हिमाल आरोहण गर्नु भनेको सिधै मृत्युमा पुग्नु जस्तो हो । हिमाल आरोहणमा वातावरणसंग पूर्ण रुपमा घुलमिल हुनु अनि अगाडी सफलताको लागि हिड्नु नै प्रमुख कुरा हो ।

२.सगरमाथाको द्वारको रुपले चिनिएको लुक्लाबाट सुरु हुन्छ, सगरमाथाको आरोहणको यात्रा, लुक्ला देखि फाक्दिंग एक दिन, फाक्दिंग देखि नाम्चे बजार र २ दिन रेस्ट त्यसपछि नाम्चेबजार तेंबुचे, तेंबुच फेरीचे, फेरीचे देखि लोबुचे, लोबुचे गोरक्चेप, गोरक्चेप देखि सगरमाथा आधार सिवीर । नर्मल्ली यो हरेक दिन करिब २ देखि ५ घण्टा सम्म हिड्ने ट्रेक रुट हो । यदि कुनै पर्यटक सगरमाथा बेस क्याम्प सम्म जान्छन भने टोटल ८ देखि १० दिनको यात्रा हो र काठमाडौँ सम्म फिर्नको लागि १२ दिन सम्म लग्न सक्छ ।
३. जब आरोही हरु बेसक्याम्प पुग्छन् तब उनीहरुले बल्ल सगरमाथा उक्लिने यात्रामा लाग्नु पर्छ्र । केहि दिनको बेस क्याम्प आराम पछि उनीहरु क्याम्प १ तर्फ लाग्छन बाताबरण घुलमिलको लागि ।
४.बेस क्याम्प देखि माथि ५ वटा क्याम्पहरु रहेका हुन्छन ती क्याम्प हरुको आफ्ना आफ्ना बिसेसताहरु रहेका छन् ।
५. जब क्याम्प १ मा आरोही हरु पुग्छन त्यहा आधार सिविर भन्दा अलिक फरक वातावरण रहेको छ । जता हेर्यो हिउँ नै हिउ । अन्टारटिका महादेस पुगे जस्तो आभास हुन्छ जब आरोही त्यहाँ पुग्छन् । अलिक चिसोको अनुभूति पनि हुन्छ त्यहां । एकापट्टि लोला अनि अर्को पट्टि नुप्सेमा जमेर बसेको हिउँ जुनसुकै बेला पनि झर्ने सम्भावना हुन्छ यहाँ । सगरमाथाको सबैभन्दा गार्हो बाटो भनेको बेसक्याम्प देखि क्याम्प १ सम्म हो जहाँ कयौ हिम खाडल र सयौ भर्यांग हरु पार गर्दै जानु पर्छ ।
६.क्याम्प १ देखि माथि क्याम्प २ सम्म खासै कठिन छैन । बाटो फराकिलो भएपनि यहाँ सर्पहरु निकै धेरै रहेका हुन्छन् निकै होसियारी पुर्बक हिड्नु पर्छ यहाँ ।

७. क्याम्प २ पुगेको १ हप्ता पछि आरोहीहरु वातावरण संग घुलमिल हुनको लागि आधार सिबिर देखि लम्कन्छन क्याम्प २ देखि ३ सम्म करिब ४५ डिग्रीको उकालोमा हिड्नु पर्ने हुन्छ । आरोहण गर्दा टागीने रसी निकै पुराना पुराना हुने हुदा हिउले उस्तै देखिन्छन तर कम्जोर भएका रसी समाउन पुग्दा आरोहीहरु होसियारी नअपनाउदा हरेक वर्ष दुर्घटना परेको समाचार आउने गर्छन् ।

८ ) क्याम ३ टच गर्नु भनेको करिब ७४०० मिटरमा आफ्ना पाइला राख्नु हो र सगरमाथा सिखरको अन्तिम यात्रामा केहि दिन पछि निस्कनु हो । ३ क्याम्प पुगेपछि आरोहीहरु सटिक अनि राम्रो मौसमको प्रतीक्षा गरि बसेका हुन्छन् । सबै आरोहीहरु एकै दिन आरोहणमा निस्कने हुदा ठुलो ट्राफिक जाम पर्ने सम्भावना हुन्छ ।
९.सगरमाथा आरोहण गर्दा सबै भन्दा कठिन र मृत्युसंग जुध्ने दिन क्यम्प ३ बाट समीट ८८४८ मि पुग्नु दिन हो । क्याम्प ३ बाट हिडेको करिब ४ देखि ७ घण्टा मा क्याम्प ४ पुग्छन् आरोहीहरु यहाँको उचाई ८००० मि. रहेको छ । बिहान ७ बजे तिर हिडेको आरोही टोलि दिउसो १ बजे पुग्ने गर्दछ, ३ देखि ४ घण्टा क्याम्प ४ मा आराम पछि बेलुका ५ बजे तिर आरोहीहरु सर्बोच्च सिखर चुम्न आगाडी अग्रसर हुन्छन् । रातभरको यात्रा पछि करिब १० देखि १५ घण्टा को बिचमा संसारको सबैभन्दा खतरनाक बाटो हिलारी स्टेप हुदै बिहान को ८ बजे तिर आरोहीले सर्बोच्च सिखर चुमीसकेका हुन्छन् । फर्कदा २ देखि ३ दिनको यात्रा पछि क्याम्प ४, क्याम्प २ हुदै आधार सिबिर आइपुग्छन पर्वतारोही, जब सफल तरिकाले बेसक्याम्पमा आरोही आउछन् बल्ल उनीहरुले संसारको सबैभन्दा सर्बोच्च शिखर आरोहण गरेको गर्ब अनुभव हुन्छ ।कुनै कुनै आरोही क्याम्प २ क्याम्प ३ बाटै हेलिकप्टरमा आउने पनि गर्छन् ।

११. सगरमाथा आरोहण गर्दा चाहिने अत्यावस्यक औजार र कपडाहरु
मैले बिस्व प्रशिद्ध हिमाली गेअर, कैलाश र याक माउन्टेनका औजार प्रयोग गर्ने गर्दछु । स्लीपिङ्ग ब्याग, गेअर राख्ने एवम् आरोहण झोला, पन्जा पर्त्यक क्याम्प लाइ छुट्टा छुट्टै, क्रम पंच, आरोहण अबधी भर लगाउने लांग ज्याकेट, हेल्मेट, चस्मा, हार्नेस, जुत्ता खाना बनाउने टेन्ट, सुत्ने टेन्ट लगायत अन्य आवस्यक समानहरु किनकि कैलास एवम् याक माउन्टेनका ज्याकेटहरु २१०० एम फिल सम्म चिसोमा सहन सक्ने खालको हुन्छ जसले माइनस ६० डिग्री सम्म सजिलै छेक्न सक्छ । बजारमा अन्य ब्रान्डका पनि हिमाली कपडा एबम औजार हरु पाइने गर्दछन् । आरोहणको लागि सबैभन्दा महत्व कुरा भनेको कृतिम अक्सिजन हो । अहिले प्रायजसो आरोहीहरु समिट अक्सिजन प्रयोग गर्ने गर्दछन् । आरोहण गर्ने आरोही हरुले क्याम्प ३ बाट अक्सिजन प्रयोग गर्ने पर्छ कुनै कुनै आरोहीले क्याम्प २ बाट पनि कृतिम अक्सिजन प्रयोग गर्ने गर्छन् । जुत्ताहरु एल इस्पो टिभा, मर्मुतको प्रयोग गर्ने गर्दछन आरोहीहरु ।