राजनीति

चितवनका केही वडा बाहेक माओवादीले उम्मेदवारको टुङ्गो लगायो

चितवन । चितवनसहित देशैभर नेकपा माओवादी केन्द्र आफ्नो उम्मेदवारहरुको घोषणा गरे संगसंगै चितवनको ईच्छाकामना गाउँपालिकामा अध्यक्षमा प्रताप गुरुङ्ग र उपाध्यक्षमा सावित्रा सिलवाल लाई घोषणा गरेको छ ,यस्तै पूर्वी चितवनको कालिका नगरपालिकामा नगर ईन्चार्ज समेत रहेका रामध्वज डल्लाकोटीलाई मेयरमा र सविता लामालाई उमेयरमा घोषीत गरेको छ । नेकपा माओवादी को ६८ औं स्थापना दिवस १४७औं लेनिन दिवस पारी सो घोषणा भएको हो ।

जिल्लाको भरतपुर महानगरको वडा नम्बर १३, १४, १५ र २९ बाहेक सबै वडाहरुमा उम्मेदवार घोषणा गरेको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए । यि ४ वडामा निर्णय हुन केहि प्राविधिक कुराले अड्कीएको छ उनले भने , हामीले स्थानिय वडाबाटै आएको सिफारिसका आधारमा उम्मेदवार घोषण गरेका हौँ उनले थपे सिफारिस नआएर अड्कीएको हो ’।

महानगर र अन्य नगरपालिकाका मेयर र उपमेयर टुङ्गो भने दुइ तिन दिनमै हुने जिल्ला ईन्जार्च ईश्वरी भट्टराईले बताए।
यसैबीच कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा (माओवादी केन्द्र) का नेता तथा अनुशासन आयोगका संयोजक अमिक शेरचनले अहिलेको स्थानिय निकायको निर्वाचन इतिहास कै पहिलो भएको बताए ।

विगतमा १९ बर्ष अघि गरिएको स्थानिय तहको निर्वाचन भन्दा अहलिेको निर्वाचन फरक खालको भएको उल्लेख गर्दै उनले गणतन्त्र आईसकेपछि र संघिय संरचना निर्माणपछि हुन लागेको यो निर्वाचन विल्कुलै नयाँ भएको स्पष्ट पारे ।

‘अबको विकास यहीं हुन्छ, यहीं निर्णय हुन्छ, हिजोको चुनाव र अब हुने चुनाव आधारभूत रुपमा भिन्न छ,’ नेता शेरचनले भने । भरतपुर महानगरको एक समारोहका विच नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष परियारले आफ्ैm उम्मेदवारको नाम वाचन गरि घोषण गरेका थिए ।