राजनीति

काँग्रेस उमेरद्वार छान्ने आन्तिरिक गृहकार्यमा, यसपटक गुटबन्दीभन्दा जित्नेले प्राथमिकता पाउने

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ। यसपटकको उमेर्द्वार छनौटमा गुटको उमेर्द्वार भन्दा युवा तथा सम्बन्धीत स्थानीय तहमा पपुलरले टिकट पाउने गरी गहृकार्य भईरहेको स्रोतको दाबी छ ।

पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र जिल्ला कार्य समितिअन्तर्गतका संयन्त्रले उम्मेदवार चयन गर्ने प्रक्रिया थालिसकेको र यो काम अन्तिम चरणमा रहेको छ। काँग्रेसले यसअघि नै पार्टीका स्थानीय निकायमा संयन्त्र बनाई तोकिएको समयमै आफ्ना उम्मेदवारको टुङ्गो लगाउने निर्णय गरिसकेको छ।

पार्टीले प्रत्येक जिल्लामा केन्द्रीय पदाधिकारी तथा सदस्य खटाई निर्वाचनका लागि पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार मनोनयनपत्र एक÷दुई दिनभित्र पठाइसक्ने जनाएको छ। खटिएका पदाधिकारीले सो पत्रमा दस्तखत गरी निर्वाचन आयोगमा बुझाएपछि मात्र पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लाग्नेछ।

मुलुकभर निर्वाचन हुने सबै पदका लागि तीनप्रतिका दरले र १० प्रतिशत थप गरी कुल एक लाख १५ हजार एक सय ६३ पत्र (प्रत्येकमा पार्टीको छाप लगाई) पठाउन काम सुरु भएको पार्टी कार्यालयका अधिकृत सूर्य भट्टराईले जानकारी दिए। यही वैशाख ४ गतेदेखि आधिकारिक मनोनयन पत्र पठाउन सुरु गरेको काँग्रेसले ५० प्रतिशत बढी जिल्लामा पठाइसकेको छ।

तीन प्रतिमध्ये एक प्रति निर्वाचन आयोगलाई, एक उम्मेदवारलाई र एक कार्यालयको अभिलेखका लागि गरी तीन प्रति र केही बिग्रने सम्भावनालाई ध्यानमा राखी १० प्रतिशत थप पत्र पठाउन लागिएको अधिकृत भट्टराईले जानकारी दिए।

आयोगले उम्मेदवारी मनोनयन दर्ता यही वैशाख १६ गतेदेखि हुने जनाएको छ। आयोगले निर्वाचनमा सात सय ४४ स्थानीय तहका लागि ३६ हजार छ सय ३९ पदमा निर्वाचन गराउने तयारी अगाडि बढाएको छ।

काँग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्रमा पार्टी सभापतिको दस्तखत र बाँकी सबै पदमा केन्द्रीय पदाधिकारी तथा सदस्यको दस्तखत हुने निर्णय निर्वाचन आयोगलाई बुझाइसकेको छ।
पार्टीका तर्फबाट ७५ जिल्लामा खटिएका पदाधिकारीमध्ये नेताद्वय खुमबहादुर खड्का र केबी गुरुङ अस्वस्थताका कारण जिल्ला जान नसक्ने देखिएपछि नेता एवम् मन्त्रीद्वय डा प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई दुई÷दुई जिल्लाको जिम्मेवारी दिइएको छ। बाँकी सबै जिल्लामा पदाधिकारी र सदस्य खटाइएको पार्टी कार्यालयले जनाएको छ।