राजनीति

निर्बाचन बिथोल्न खोज्ने विप्लव कार्यकर्ता र प्रहरी बिच भएको झडपमा २३ जना पक्राउ, सुरक्षा ब्याबस्था कडा

बैशाख । बिहीबार भरतपुर स्थित चौबीसकोठीमा बिप्लव माआबादी ले गरेको बिरोधसभामा दोहोरो झडप भएको छ । उनीहररु बिप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ले आयोजना गरेको बिरोध सभालाई प्रहरीले हस्तक्षेप गर्न लाग्दा सो झडप भएको हो । विप्लव नेतृत्व सो पार्टीले आउंँदै गरेको स्थानीय चुनाब बिथोल्न सो कार्यक्रम गरेको जनाएको छ ।
सो झडपमा प्रहरीले २३ जनालाई पक्राउ गरिएको र १२ जनालाई छाडिएको जिल्ला प्रहरी प्रमुख एस.पी दिपक थापाले जानकारी दिए। पक्राउ पर्ने २३ जनामध्ये १२ जना ज्याला मजदुर र सामान्य नागिरक भएकोले उनीहरुलाई छाडिएको र अन्य ११ जना भने प्रहरीमाथि ढुंगामुढा गर्ने , टायर जलाउने अराजक गतिबिधीमा संलग्न रहेको बुझिएकोले मुद्धा चलाउने तयारी भएको एस.पी थापाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका पार्टी स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले बिरोध सभालाई सम्बोधन गर्दै अहिलेको चुनाव बिथोल्ने अभिव्यक्ति दिदैगर्दा एक्कासी प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेको थियो । झडपमा क्षेत्र नं ५ का इलाका सेक्रेटरी कृष्ण प्रसाद पौडेल सख्त घाइते भएका छन । उनको टाउको र घांँटीमा गम्भिर चोट लागेको छ । दोहोरो झडप भएतापनि घाइते पौडेलको उनकै कार्यकताको ढुंगाबाट घाइते भएको प्रहरीको दाबी छ । प्रहरीको लाठीचार्ज पश्चात विप्लव कार्यकर्ताले प्रहरी माथी ढुंगामुढा गरेका थिए। सो दोहोरो झडपमा मञ्च लगायत कुर्सीहरु तोडफोड भएको छ । केही बेरको झडपपछि तितरबितर भीडले चौबीसकोठी बाट केही पर त्रिचोक स्थित ठाउंँमा टायर बालेर प्रर्दशन गरेको थियो ।
यसपछि चितवनको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै भरतपुरमा सुरक्षा स्थिति कडा पारिएको छ।