आर्थिक

यसरी बिजुलीका हिरो कुलमानले अरुको लहै लहैमा लागेर राजनीति नगर्ने महत्वपूर्ण उद्घोष गरे

काठमाण्डौ । १८ घण्टा लोडसेडिगं गरेर राज्यलाई अरबौं घाटा गराईरहेको बिद्युतप्राधिकरणका भ्रष्ट पुर्ब प्रबन्ध निर्देशकहरुलाई चुनौती दिर्दै मुलुकलाई लोडसेडिगंमुक्त गर्न सफल भएका कुलमान घिसिगंले आफू मेयरको उमेर्द्वारी नबन्ने स्पष्ट गरेका छन् ।

राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा धन्यबादको पात्र बनेका कुलमान घिसिगंलाई काठमाण्डौका जनताले सरकारले बैसाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्बाचनमा मेयर बनेको देख्न चाहेपनि कुलमानले आफू मेयर वा अन्य केहि भन्दा पनि उर्जा क्षेत्रमा नै बिज्ञ भएकोले यही क्षेत्रमा काम गर्न चाहेको बताएका छन् ।

कुलमानले बिहीबार बिहान ट्वीट गर्दै उर्जा क्षेत्र बाहेक अन्यमा आफ्नो हात नपर्ने बिचार ब्यक्त गर्नु पत्रकार रबीन्द्र मिश्र, पूर्ब सचिब किशोर थापा, पूर्ब सचिब रामेश्वर खनाल, पूर्ब गभर्नर तिलक रावल, अमेरिका निवासी दर्शन रौनियार लगायत पूर्ब प्रशाशक तथा पेशा ब्यवशायीहरुलाई सवक हुन सक्छ । कुलमानको बिचार बुझ्नेले पत्रकारितामा नाम कमाएकोले त्यही पेशालाई अझ मर्यादित बनाउन लागे भने सक्छ, कर्मचारीले कर्मचारीतन्त्र सुर्धा लागी पर्यो भने सुधार गर्न सक्छ, पूर्ब सुरक्षा प्रमुखले सुरक्षा सम्बन्धी नै केहि सुधार गर्न सक्छ, आफ्नो बिज्ञता भन्दा बाहिर गयो भने असफल होईन्छ भन्ने कुलमानको बिचारले त्यो पाठ पक्कै सिकाउछ कि ।
राजनीतिलाई गाली गर्ने, पहिले नेताहरुलाई गाली गर्ने बरिष्ठ कलाकार रेखा थापा, कोमल ओली, नीर शाह लगायतका पछिल्लो समयमा राजनीतिमा सकृय छन् । कलाकारहरु, उद्योगपतिहरु, बिभिन्न क्षेत्रका ब्यावशायीहरु, एनजीओअर्मीहरु, पत्रकारहरु पछिल्लो समयमा आफैं पार्टी खोलेर राजनीति गर्ने वा अन्य पार्टीमा प्रबेश गर्ने प्रचलनको थप बिकास भएको छ । कतिपय आर्थिक रुपमा समृद्ध भएकाहरुले राजनीतिलाई पैसाले किन्न खोजेको जस्तो देखिन्छ भने कतिपय लहै लहैमा साथीभाईको उक्साहटबाट राजनीतिमा सकृय भएको देखिन्छ । राजनीति त्यतिकै हुने कुरा होईन, राजनीतिमा बिचार, त्याग र तपश्या चाहिन्छ । बिचार सहितको त्याग र तपश्याको तन र मनको कार्यान्वयनपछि राजनीतिले सफलता पाउछ, महंगो गाडी चढ्ने, सांसदकोृ लोगो लगाई झण्डावाल गाडीमा हिड्ने मात्र उद्देश्य राखी राजनीति गर्ने मित्रहरु समाजका अपराधी तत्वहरु हुन् । उनीहरुले राजनीतिलाई जनताको समाबेदनासंग खेलबाढ बाहेक केहि गर्न सकेका छैनन् र गर्न सक्दैनन् पनि ।

जे सुकै होस राजनीतिमा त्याग र तपश्या भएको मानिस, देश र जनताका लागी आफू मरेर अरुलाई बचाउन सक्ने मानिसहरुमात्र लाग्नुहोस, मुलुक निर्माणमा भिजन भएको मानिस मात्र लाग्नुहोस, कुनै पेशामा नाम कमाएको मान्छे राजनीतिमा लाग्दा ज्यादै बिचार पुर्याउनुहोस, जबकि कुलमान उर्जा क्षेत्रमा जनताले देबतासरह मानेका मानिस मोली मेयरमा बिजयी भए भने पवूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई अर्थमन्त्री हुंदा नेपालीहरुका सामु कति हाई हाई थिए, पछि उनै डा। भठ्टराईको प्रधानमन्त्री भएपछिको जनताको मूल्याँकन कति खस्कियो र पछि माओबादी केन्द्रका बरिष्ठ नेता समेत रहेका उनी पार्टी फुटाएर नयाँशक्तीको संयोजक भएर पार्टीलाई दीशादिन नसकेपछि अहिले उनको पार्टीबाट कार्यकर्ताहरुले छाडेर दिन दिनै एक्लिदै गएका छन् । डा। बाबुराम राजनीज्ञि भन्दा पनि बिकासका लागी आवश्यक ब्यक्ती हुन् । राजनीति अत्यन्तै जटिल चिज हो, आफ्नो ब्यवशायीकता जस्तो सजिलो हुंदैन ।

हिलर जस्ता बिश्वका चर्चित राजनीतिज्ञ पनि राजनीतिमा पास हुन सकेनन् । कुलमानले जुन ट्वीट गरेका छन्, उनले आफ्नो पेशालाई अझ मर्यादित बनाउनमा केन्द्रीत हुने अनुमान लगाउन सकिने छ । कुलमान कसैले उचालेको भरमा राजनीतिमा सकृय नहुनु उनको पेशाप्रतिको सम्मान हो । यसप्रकारको सम्मान सबैले गर्दा राजनीतिमा स्वार्थीहरुको संख्या घट्छ । आफ्नो पेशा ब्यावशायबाट कटैपनि बिचलित नहुने सह्रानी कुरा उनले बताएका छन् । जसको केहिबेरमा नै धरै नै लाईक तथा बधाईका कमेन्टहरु आएका छन् ।