पु.समाचार

निर्बाचन आयोगले मतदाता, मतदान केन्द्र र स्थल टुंगो लगायो

काठमाण्डौ । सरकारले घोषणा गरेको बैसाख ३१ गतेको निर्बाचनका लागी निर्बाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ । जस अनुसार मतदानस्थलको संख्या १० हजार ६ सय ४० र मतदान केन्द्र १८ हजार ५ सय ७२ तय गरिएको छ ।

आयोगले स्थानीय तहको निर्बाचनमा भाग लिने मतदाताको संख्या १ करोड ४० लाख ५४ हजार ४ सय ८२ जना रहेका छन् । बुधबार प्रमुख निर्बाचन आयुक्त डा. अयोधी प्रसाद यादबको अध्यक्षतामा बसेको निर्बाचन आयोगको बैठकले उक्त कुराहरु टुगंयाएको छ ।

निर्बाचनका लागी आयोगले एकाएक गरी दिनदिनै तयारी गरिरहेको छ । मंगलबारमात्र पत्रकारहरुसंग छलफल गरेको थिायो । एक महिना भन्दा पनि कम समय बाँकी रहेका बेला निर्बाचन आयोग बिहानदेखि बेलुकीसम्म ब्यस्त हुने गरेको छ ।