आर्थिक

अवैध कुखुराका चल्ला ओसारपसार बढ्यो,  चार हजार रंगेहात बरामद

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा नेपाल भित्रयाउन लागेको अवस्थामा कुखुराको चल्ला आज बरामद गरेको छ । तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छलेर चोरी पैठारी गरी अबैध रुपमा भारतीय नं को BR22J 2030 र  BR22R 8998 मोटरसाईकलमा पछाडी केरियर बनाई कुखुराको चल्ला लोड गरी लुकाई छिपाई नेपाल भित्राउँदै छ भन्ने सुराकिका आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साको खोजतलास टोलिले आज बिहान समातेको हो ।

विहानको चार बजे पर्सा जिल्लाको घोडदौडा गा वि स वडा नं ४ बाट उक्त मोटरसाईकल र ६२ कार्टुनमा राखिएको चार हजार वटा ब्रोईलर चल्ला फेला पारी २ जना चालक सहितलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वाररेन्टाईन चेक पोष्ट सिर्सिया बुझाएको प्रहरलिे जनाएको छ ।

ति दुई जना चालकहरुले दिएको बयान अनुसार भारतबाट कुखुरा, चल्ला लगायत पंक्षीजन्य पदार्थहरु पैठारी गर्न नपाइने र उक्त कार्य अवैध भन्ने कुरा उनीहरुलाई थाहा नभएको र फार्म संचालक समेतले सो कुराका जानकारी नदिएको बुझिन नआएकोले उनीहरुलाई जनही रु २० हजार का दरले जम्मा ४० हजार रुपैया जरिवाना गरिएको क्वारेण्टाइन चेकपोष्ट,पर्साका प्रमुख डा. हरेराम यादबले जानकारी दिएका छन् ।

समातिएका मोटरसाईकलहरु लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको छ । सो परिमाणको चल्लालाई शशस्त्र प्रहरी, क्पारेण्टाइन चेकपोष्ट र स्थानीय व्यवसायीहरुको रोहबरमा नष्ट गरिएको चेकपोष्टका अधिकृत डा.शिकेश मानन्धरले बताए । सो संख्याको चल्लाको बजार मुल्य अनुसार करीब अक्षेरेपि रु चार लाख बराबरको रहेको छ ।

बिगत केही महिनादेखि अबैध कुखुरा एवम् पंक्षीजन्य पदार्थ ओसार पसारमा रोक लगाएको अवस्थामा भारतबाट अबैध रुपमा कुखुराको चल्ला पैठारी गर्ने कार्य नियन्त्रण तथा निरुत्साहित गर्नको लागि जिल्ला प्रहरी कार्यालय, पर्साले पशु क्वारेन्टाईन कार्यालय, वीरगंजसँग सहकार्य गरी विशेष अभियान चलाउंँदै आएको छ।