पु.समाचार

आफ्नो पार्टी जनतामा लोकप्रीय भएको चितवनका एमालेहरुको दाबी

चितवन । नेकपा एमालेका नेताहरुले स्थानीय तहमा पार्टीले विकास र सम्वृद्धिका एजेण्डाहरुलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेकपा एमाले वडा नं. ४ को सम्पर्क कार्यालयको आइतवार उद्घाटन गर्दै उनीहरुले अव जनताको चाहना र देशको आवश्यकता आर्थिक सम्वृद्धि भएकोमा जोड दिएका हुन् । उद्घाटन कार्यक्रममा वोल्दै पूर्व स्थानीय विकास राज्य मन्त्री केशवलाल श्रेष्ठले एमालेको योजना स्थानीय तहको सम्वृद्धि भएको बताउदैं नेकपा एमालेले जनताको आवश्यकतालाई पूरा गर्नको लागि राम्रा कार्यक्रम ल्याएको जिकीर गरे । ‘आफ्नो गाउँँ आफै वनाउ भन्ने कार्यक्रम एमालेलेको ज्यादै लोकप्रिय भएको छ उनले भने यस्ता धेरै कार्यक्रम एमाले पार्टीमा छ’ ।

कार्यक्रममा उनले एक परिवार एक रोजगार जस्ता कार्यक्रम लागु गर्न सकिने सम्भावना समेत भएको बताए । अवको स्थानीय तहमा एमालेले भ्रष्टाचार मुक्त समाज, मुद्रा रहित कारोवार, डिजिटल अभिलेख राख्ने योजना लगायतका वृहत योजना रहेको स्पष्ट पारे ।
यस्तै नेकपा एमालेका सल्लाहकार परिषदका सदस्य देवी ज्ञवालीले लोकतन्त्रलाई संस्थागत गर्नको लागि अहिलेको निर्वाचन अत्यन्त आवश्यक भएको बताउंँदै स्थानीय तहको निर्वाचनबाट जनताको मत एमालेले राम्रोसंग प्राप्त गर्ने बिश्वास व्यक्त गरे । वृद्धवृद्धाहरुलाई सम्मान गर्दै भत्ता दिने कार्यक्रम एमालेले नै गरेको भन्दै अहिले त्यसलाई वढाएर मासिक दुई हजार वढाएको र आफ्नो गाउ आफै वनाउ जनता आवास जस्ता लोकप्रिय कार्यक्रम एमालेले नै ल्याएको उनले दोहोर्याए ।

सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले एमालेले जनताको लोकप्रिय पार्टी भनेकै एमाले मात्र भएको जिकीर गरे । राष्टियता, जनताको मागको विषयमा एमालेले मात्र आवाज उठाउन सक्ने भन्दै नाकान्दीको विषय होस वा राष्टिय एजेण्डाको विषय सवैमा एमालेले मात्र आवाज उठाएको बताए । कार्यक्रममा, जिल्ला उपाध्यक्ष तेजेन्द्रवहादुर खड्का, एमालेका जेष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य विष्णु घिमिरे, वडा नं. ४ का इन्चार्ज खोमकान्त रेग्मीलगायतले मन्तव्य राखेका थिए ।