पु.समाचार

काँग्रेस सभापति देउवा प्रधानमन्त्री दाहाललाई भने, “बिना शंकोच निर्बाचनको तयारीमा लाग्नुस”

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति एबम्  पूर्बप्रधानमन्त्री शेरबाहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । नेपाली काँग्रेसका २ नम्मर प्रदेशका साँसदहरुले स्थानीय तहको निर्बाचनलाई १० दिन सार्न सुझाब दिएपछि काँग्रेस निर्बाचन सार्ने पक्षमा छ कि भन्ने आशंकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त आशंका हटाउने क्रममा  सभापति देउवासंग बुझ्न खोजेका थिए ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस निर्बाचन सार्ने पक्षमा छ र भनेर सभापति देउवालाई ठाडै प्रश्न समेत सोधेको स्रोतको दाबी छ । उक्तरमा मधेसी मोर्चा निर्बाचनमा भाग लिन आए केहिदिन निर्बाचन सारेर भएपनि गर्नुपर्ने काँग्रेसको अडान कायम रहेको तर मधेसी मोर्चा निर्बाचनमा भाग लिने कन्फर्म नभएमा निर्बाचन सार्ने पक्षमा काँग्रेस नभएको सभापति देउवाले स्पष्ट पारेका थिए ।

नेपाली काँग्रेसका अन्य शीर्ष नेताहरुपनि तोकिएकै मितिमा निर्बाचन गर्नुपर्छ भन्ने पक्षमा रहेको तर मोर्चा सहभागी हुन्छ भने निर्बाचन केहिदिन सर्दा फरक नपर्ने रहेको बताईएको छ । भेटमा सभापति देउवाले प्रधानमन्त्री दाहाललाई  अनावश्यक शंका नगरी निर्बाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।
मधेसी मोर्चा भने निर्बाचनमा आफ्नो जनाधार कम भएका कारण जसरी पनि स्थानीय तहको निर्बाचन नहोस भन्ने पक्षमा रहेको आरोप राजनीतिक बिश्लेशकहरुले लगाएका छन् । मोर्चाले आईतबार पनि आफ्नो संसोधन सहितको संबिधान संसोधन नभए निर्बाचनमा भाग नलिने पूर्ब अडान कायम रहेको बताएको छ । अझ अर्को पक्ष त के छ भने स्थानीय तहको निर्बाचन भन्दा संसदको निर्बाचन गरेर प्रदेशले स्थानीय तहको निर्बाचन गराउने नयाँ माग मोर्चाले राख्दै आएको छ ।

दुईतिहाई भन्दा बढी जनमत भएका ठूला पर्टी नेपाली काँग्रेस, एमले, माओबादी केन्द्र, राप्रपा डराएको अनुमान लगाउन सकिन्छ,चार ठूला पार्टी मरिहत्ते गरेर लाग्दा स्थानीय निकायको निर्बाचन नहुने कुनै शंका नहुने अनुमान लगनउन सकिन्छ ।