राजनीति

शहरी बिकास मन्त्री अर्जुननरसिंह केसीको अगुवाईमा चक्रपथ सफाई

काठमाडौ । बागमति सफाई अभियानपछि चmत्रपथ सफाइ अभियानपनि प्रारंभ गरिएको छ । चक्रपथमा बढदो फोहरलाई ध्यानमा राखीचक्रपथ सफाई अभियान प्रारंभ गरेकोमाशहरी बिकास मन्त्री अर्जुननरसिह केसीले खुशीब्यक्त गरेका छन् । यो अभियानमा सरकारको पनि सहभागिता रहने जानकारी गराएका छन ।

ग्रिनसिटी अस्पतालले सयोजन गरेको सो चक्रपथ सफाई अभियानमा स्थानीयनागरिक अभियानताहरु, लायन्स क्लब, नेपालप्रहरी, सशस्त्रप्रहरी, महानगरपालिका, यति हेल्थ साइन्स एकेडेमी, होटल ब्यबसायी लगायतको सहभागिता रहेको छ । चक्रपथ सफाई अभियानको उदघाटन गर्दैै शहरी बिकास मन्त्री प्रत्येक घरघरबाट सफाई अभियानको थालनीगर्ने समय आएको र परिबर्तनको प्रारंभ प्रत्येकले आफैबाट गर्नुपर्ने बताएका छन ।

पहिलो चरणमा नयाबसपार्क देखि नारायणगोपाल चोक सम्मसफाई गरिने भएको छ । पहिलो दिनको एक घण्टाको सफाई अभियानमै १० टन भन्दा बढी फोहर संकलन गरी महानगरपालिको गाडी मार्फत फोहर संकलन केन्द्रमा पुरयाइएको ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं बागमति सफाई अभियनता लोकबहादुर टण्डनले बताएका छन ।

पहिलो दिनको सफाई अभियानमामात्रै ५ सयको उत्साहजनक सहभागिता रहेकोले आगामी दिनमाहुने सफाई अभियान थप प्रभाबकारी हुने बिश्वास आयोजकहरुले गरेका छन । चक्रपथ सफाइ अभियान प्रारंभ भएपछि अब सडकका छेउ छाउ कुनै पनि ब्यबसायीले समान राख्न नपाउने भएका छन ।

अभियानताहरुले सडकको छेउमा छड सिमेण्ट, काठ मुडा, बालुवा, गिटी, टहरा लगायतका समान राख्नेहरुलाई अर्को सफाइ कार्यक्रममा आउदा समानहरु सडकबाट हटाइएको हुनुपर्ने अन्यथाकानुनबमोजिमकारबाहीहुने कुरा पनि सचेत गराएका छन ।

सफाई अभियानमा सहभागी बरिष्ठ पत्रकार टंक पन्त, मुकुन्द ढुगाना , लोकप्रियक लाकार तिलक बस्नेत लगायतले फोहर सार्बजनिक ठाउमा नफाल्न र फोहर सडकमा फालेर सरकार कहागयो भनी प्रश्न नगर्न आग्रहगर्दे आफनो फोहरको आफै ब्यबस्थान गरी महानगरपालिकाको फोहर उठाउने गाडी आएपछि मात्रै बाहिर निकाल्न आह्वान गरेका छन ।

सफाई अभियानको सयोजन गरेका अध्यक्ष टण्डनले आगामी शनिबार देखि प्रत्येक हप्ता चक्रपथ सफाइ अभियान हुने भएकोले संभबभए सबैतिरबाट नभए चक्रपथ छेउछाउका सबैले आपनो कर्तब्य ठानी अभियानमा सहभागी हुन बिशेष आह्वान गरेका छन । सफाई अभियानमा प्राथमिक स्वास्थ्यको ब्यबस्थापनि ग्रिनसिटी अस्पतालले गर्ने भएको छ ।