समाचार

फसेको ट्रकमा कार ठोकिदा १ जनाको मृत्यु २ जना घाइते 

चितवन। चितवनको चुम्लिङटारमा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य दुइजना घाइते भएका छन। पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना ४ चुम्लिङटारमा ट्रकको पछाडि कार आएर ठोक्किदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडक छेउको नालीमा फसेको लु १ ख ७८९७ नम्बरको ट्रकको पछाडी काठमाडौबाट मुग्लिङतर्फ आउदै गरेको बा ६ च ९४६३ नम्बरको कार ठोक्दिा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी कारमा सवार बाग्लुङ घर भएका भक्तपुर २ बस्ने ७४ वर्षीय गजेन्द्र अधिकारीको उपचारको क्रममा काठमाडौं लगिदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । कारमा सवार अन्य दुईजना घाइते भएका छन् ।

कारका चालक बिकास श्रेष्ठ र कारमा सवार गजेन्द्रकी श्रीमती बर्ष ६८ धनकुमारी अधिकारी घाइते भएको र उनीहरुको काठमाडौमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।