पु.समाचार

निर्बाचनको मुखमा काठमाण्डौलाई धुलोमुक्त गर्ने युवा नेता थापाको नयाँं प्रश्ताब, मेयरमा आकाँक्षा रहेको पुष्टि

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् स्वास्थ्यमन्त्री गगन थापाले काठमाण्डौको धुलो नियान्त्रण गर्ने वायुप्रदुशण सम्बन्धि सर्बाधिक चासोको कार्यक्रम संसदमा बिशेष प्रस्ताबको रुपमा पेश गरेका छन् । स्वास्थ्य मन्त्रालय मार्फत जनसोरकारका लोकप्रीय कार्यक्रमहरु ल्याएर जनतामा हाई हाई कमाएका युवा नेता गगन थापाले काठमाण्डौका जनताले वायु प्रदुशणका कारण पाएको दुःखलाई हृदयमंगन गर्दै जनसरोकारको छुट्टै प्रस्ताव संसदमा पेस गरेका हुन् ।
काठमाण्डौको बसोबास ईट्टाभट्टामा बसेजस्तो भएको आफूलाई महशुस भएको जनाउदै शुक्रबार फ्रि भेईकल डे को प्रस्ताब गरेका छन् । थापाका अनुसार शुक्रबार सवारीसाधन निशेध गर्न उनको प्रस्ताब छ । दुशीत हावाका कारण स्वाशनलीमार्फत फोक्सोमा पुग्ने र त्यो बिश्व स्गास्थ्य संगठनको मावदण्ड भन्दा धेरै नै हानिकारक हुने हुंदा काठमाण्डौलाई भिन्नै तरिकाले हेर्न आवश्यक रहेको मन्त्री थापाको बिचार छ ।
मेलम्चीको पाईप बिछ्याउने कार्य प्रतिपनि तीब्र असन्तुष्टी पोखेका स्वास्थ्यमन्त्री थापाले खानेपानी बिछ्याउने कार्यलाई ब्यबस्थीत बनाउनेपर्ने धारणा प्रश्तुत गरेका छन् ।
प्रश्तावमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई प्रोत्साहीत गर्न आवश्यक परे अनुदानको ब्यबस्था गर्ने, उर्जाक्षेत्रलाई योजना बनाउदानै परिणममुखी बनाउनेतर्फ ध्यान केन्द्रीत गर्ने, पैदल यात्री तथा साईकल यात्रीलाई बिशेष सम्मान गर्ने सडकनीति अबलम्बन गर्ने, सवारीसाधन प्रयोग गर्नेहरुका लागी एउटा निश्चित समय तोकेर सवारीसाधन चलाउने नियम बनाउने लगायतका महत्वपूर्ण कुराहरु समाबेश गरेका छन् ।
यस्तै उनले सडक खनेपछि सडक बिभाग, खानेपानी, ढल निकास बिभाग,बिद्युत प्राधिकरण, टराफिक प्रहरी लगायतको आवश्यक समन्वयमा सडक खनेपछि तुरुन्त कालेपत्रे वा सडक आवागमनमा समस्या नहुनेखाल्को नीति अबलम्बन गर्नुपर्ने, धुलो हटाउन पानी छर्कने ब्यबस्था गर्नुपर्ने लगायतका जनसवालका कुराहरु पहिलोपटक संसदमा युवा नेता थापाले जोडदार रुपमा प्रश गरेका छन् ।

स्थानीय निकायको निर्बाचन नजिकिदै गर्दा क्षेत्र नं ४ काठमाण्डौका साँसद समेत रहेका जनतामा लोकप्रीय गगन थापाले काठमाण्डौलाई धुलोमुक्त गर्ने प्रश्ताव पेश गर्नुले उनी काठमाण्डौ माहानगरपालीकाको मेयरको आकाक्षी रहेको राजनीतिक बिश्लेशकहरुको अनुमान छ । मन्त्री थापाले आफूले भने पछिल्लो राजनीतिक घटनाक्रममा आफू मेयर नउठ्ने बताएका छन् । आफ्नो कामको लागी १८ घण्टा खट्ने गगनलाई काठमाण्डौका बहुसंख्यक जनताले गगनलाई मेयर बनाउन चाहेको समेत चियापसलहरुको गफ सुन्दा अनुमान लगाउन सकिन्छ ।