पु.समाचार

मोर्चा स्थानीय तहको निर्बाचनमा सहभागी नहुने, संयुक्त बैठकले आन्दोलनका यस्ता कार्यक्रम सार्बजनिक गर्यो

काठमाण्डौ । संयुक्त लोकतान्त्रीका मधेसी मोर्चा सरकारद्वार घोषित बैसाख ३१ गतेको निर्बाचनमा भाग नलिने पुरानो अडान दोहोर्याएको छ । बुधबार बसेको मोर्चा घटक ७ दलको सिुंयुक्त बैठकले निर्बाचनमा आफ्ना पुराना मागहरु पुरा नभए पुन आन्दोलनमा जाने निर्णय गर्दै प्रेश बक्तब्य जारी गरेका छन् ।

संयुक्त रुपमा हस्ताक्षरित प्रेश बक्तब्यमा महन्थ ठाकुर, उपेन्द्र यादब, राजेन्द्र महतो, शरतसिशंह भण्डारी, अनिल कुमार झा, महेन्द्र प्रसाद यादब र राजकिशोर यादबले आन्दोलनका कार्यक्रमसहित हस्ताक्षर गरेका छन् ।

तमलोपा केन्द्रीय कार्यालयमा बसेको मोर्चाको संयुक्त बैठकले आन्दोलनका कार्यक्रमसहित सार्बजनिक गरेका छन् ।