राजनीति

भैरहवा पुगेर देउवाले लगाए एमालेको मधेसी जनमतनै सक्ने गरी कडा आरोप, अब के गर्ला एमालेले ?

काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले पहाड र मधेसलाई फुटाउने षडयन्त्र गरिरहेको गम्भीर आरोप लगाएका छन् । मंगलबार भैरहवामा पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।

 कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, एमालेले पहाडे राष्ट्रवादको कुरा गरेर मधेसी जनतालाई हेपिरहेको छ, मधेसी र पहाडेबीच झगडा गराउने षडयन्त्र भैरहेको छ, यसमा हामीले सावधान रहनुपर्छ । सभापति देउवाले एमाले नेतृत्वले पहाडे राष्ट्रवादको आडमा मधेसलाई हेप्न खोजेको आरोप समेत लगाए ।

कार्यक्रममा बोल्दै उनले उपस्थित सबै जनसमुदायलाई आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोट खसाल्न आह्वान समेत गरे ।

पछिल्ला दिन कांग्रेस सभापति देउवाले एमालेविरुद्ध कडा टिप्पणी गर्दै आइरहेका छन् भने एमालेले सभापति देउवाले दिएका अभिव्यक्तिहरुको चर्को आलोचना गर्दै आएको छ ।

कांग्रेस र एमालेको यो आरोप प्रत्यारोपले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा चर्को आरोप–प्रत्यारोप र कडा प्रतिस्पर्धा हुने संकेत दिएको छ ।