खेलकुद

पहिलोपटक काठमाण्डौ अन्तर नगरकप फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । आगामी जेठमा पहिलोपटक काठमाण्डौ अन्तनगर कप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा काठमाडौं जिल्ला समन्वय समिति कार्यालयको आयोजनामा जेठ १५ गतेदेखि सो प्रतियोगिताको आयोजना हुने भएको हो ।

प्रतियोगितामा काठमाडौंका १० नगरपालिकाको पुरुष टिम सहभागी हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी गराए ।

विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५१ हजार १ सय ५१ रुपैयाँ र तेश्रोले २५ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख ७७ हजार रुपैयाँ खर्च हुने बताइएको छ । नकआउट प्रतियोगिताका खेलहरु साना ेगौचरणमा हुनेछन् ।