पर्यटन/संस्कृति

जसले राष्ट्रिय झन्डा सहित नेपालका रास्ट्रपति देखि प्रधामन्त्रीलाइ अन्टारटिकामा सर्बोच्च सिखरमा पुर्याए

काठमाण्डौ । बिस्व पर्वतारोही संजय पण्डितले केहि महिना अघि आफुले आरोहण गरेको अन्टारटिकाको सर्बोच्च सिखर बिन्सोंन मासिफमा फरफराएको नेपालका रास्ट्रपति बिद्या देबी भण्डारी , उप–रास्ट्रपति नन्द बहादुर पुनः, प्रधामन्त्री पुष्प कमल दाहाल, पूर्व-प्रधामन्त्रीहरु शेरबहादुर देउबा, के .पी शर्मा ओली, शेर बहादुर देउबा, झलनाथ खनाल उप–प्रधामन्त्री तथा अर्थ मन्त्रि कृष्ण बहादुर महरा,  स्वास्थ्य तथा जनसंख्या मन्त्रि गगन थापा, पूर्व उप प्रधामन्त्रीहरु बामदेव गौतम, राम चन्द्र पौडेल, टोपबहादुर रायमाझी, प्रकाश मान सिह, पूर्व अर्थ मन्त्रि डा.राम सरण महत, पूर्व-मन्त्रि पुरुषोतम पौडेल, पूर्व-मन्त्रि रेखा शर्मा, नेपाली कांग्रेसका महामन्त्री डा .शसांक कोइराला, नेता लिलामणि पोख्रेल, कृष्ण धोज खड्का, पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा गोबिन्द राज पोख्रेल, गोल्डेन गेट कलेजका कार्यकारी निर्देशक रमेश कुमार सिलवाल, एन आर एन का बरिस्ठ उपाध्यक्ष भबन भट्ट तथा आफ्ना बाबु आमा अंकित फोटो शनिबार सार्बजनिक गरेका छन् ।

पण्डितले फोटो सार्बजनिक गर्दै भनेका छन्, मलाई र मेरो बिस्व हिमाल आरोहण मा तन मन र धनले स्वीकार गरि प्रत्यक्ष–अप्रतक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण हाई प्रोफाइल नेपालका ब्यक्ति हरुलाई निकै कठिन यात्रामा पनि जिरो जनसंख्या भएको बिस्वको पाचौ ठुलो महादेशको सातौ ठुलो सर्बोच्च बिन्दुमा पुर्याउन पाएकोमा निकै आत्मा –सन्तुस्टी प्राप्त गरेको बताएका छन् । फोटो पर्दसनी गर्न कसैले आफुलाई नभनेको र फोटो पर्दसन गर्नु आफ्नो कर्तब्य र इतिहास सम्झेको पनि बताएका छन् ।

संसारकै निकै चिसो हुने महादेसको उपमा पाएको यो सिखरमा करिब ३० मिनेट लगाएर फोटोहरु पर्दसन गरेको उनले बताएका छन् । पण्डितले सगरमाथा, प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु लगाएत बिस्वका चर्चीत ११ पर्बतहरुको सफल आरोहण गरिसकेका छन भने अस्ट्रेलिया सर्बोच्च सिखर कोजीयसको र अफ्रीकाको सर्बोच्च सिखर किलिमन्जारो नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल भाद गाउले टोपी लागे आधार सीबीर देखि सर्बोच्च बिन्दुसम्म उल्टो हिडेर आरोहण गर्ने नेपालकै प्रथम बिस्व पर्वतारोहीको कृतिमान कायम गरेका छन र यूरोपको सर्बोच्च सिखरमा ६ मिनेट ३ से अर्ध नंग्न भएर अर्को कृतिमान कायम गरिसकेका छन् ।

यो देशको लागि पनि गौरबको बिषय हो । सम्बभत बिस्वमै यो पहिलो त्यस्तो क्षण हो जुन देशको रास्ट्रपति, उप–रास्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधामन्त्री, उप-प्रधामन्त्री अंकित तस्बिर अन्टारटिकाको सर्बोच्च सिखर बिन्सोंन मासिफमा फर्फरियिएको संजयले दाबी गरेका छ । पण्डित युवा राष्ट्रिय प्रतिभा पुरुस्कार २०१४, राष्ट्रिय युवा साहषिक खेलकुद हिरो २०१५ र जनसेवा श्री पुरुस्कार २०१६ बाट सम्नानित भैसकेका छन् ।