राजनीति

उप-प्रधानमन्त्रीमा बरिष्ठता बिबादले बिश्व समुदायमा देशको शीर निहुरियो – आचार्य

काठमाण्डौ । नेकपा एमालेका सचिब भीमप्रसाद आचार्यले सरकारको बरिष्ठता बिबादले बिश्व समुदायमा नेपालको शिर झुकाएको बताएका छन् । शुक्रबारको संसद बैठकमा बिशेष समय लिएर सरकारप्रति आक्रमक रुपमा प्रश्तुत भएका सुनसरी क्षेत्र नननर  ६ का प्रत्यक्ष साँसद आचार्यले बरिष्ठताको बिबादनका कारण एक महिना मन्त्री परिषद बैठक बस्न नसक्नु लाजमर्दो  भएको दाबी गरेका छन् ।

पूर्बमन्त्री समेत रहेका आचार्यले काँग्रेसतर्फ संकेत संकेत गर्दै सबोच्च अदालतले बरिष्ठताका कममा आईजीपी बनाउनु भन्ने आदेश सबैभन्दा बढी लोकतन्त्रका कुरा गर्ने दलले नमानेर अदालतको आदेश अवज्ञा गरेको आरोप लगाएका छन् ।

नेता आचार्यले १२ हजार स्थानीयबासी ६५ बर्षदेखी कोशीपीडत भएका र भारतको बेवास्ताका कारण उनीहरुले क्षतीपुर्ति नपाएकोमा आफूलाई दुःख लागेको बताएका छन् ।

सुनसरी, उदयपुर र सप्तरीमा बरिसरहेका कोशीपीडितको समस्या उच्च बाँध बाध्नुभन्दा अगाडी भारतसंग सरकारको तर्फबाट पहल गर्न आग्रह गर्दै नरेन्द्र मोदी प्रधानमन्त्री भएर नेपाल भ्रमण गर्दा कोशी पीडितको समस्या हल गर्ने भनि गरिएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।