आर्थिक

निजीक्षेत्र बिना मुलुक बिकास असम्भब – डा.चिरन्जीवी नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले निजी क्षेत्रबिना मुलुकको उन्नती नहुने बताएका छन् । बजेटकै कारणले बिकासनिर्माणका कामहरु नरोकिने दाबी गर्दै मुलुकको कुल बजेटको ७० प्रतिशत खर्च हुन्छ, बाँकी ३० प्रतिशत बजेटमात्र बिकास खर्च गर्नुपर्ने बाध्यता हुंदा समस्या आएको दाबी गरेका छन् ।

मुलुकको समृद्धिका लागी आवश्यक स्रोत जुटाउन निर्देशन दिंदै राष्ट्रबैंकले बिकास निर्माणका लागी नीतिगत ब्यबस्था गरेको स्मरण गराएका छन् । एक कार्यक्रममा गभर्नर नेपालले उक्त कुरा बताएका हुन् ।