राजनीति

निधिलाई दोस्रो बरियतामा राख्नु, प्रधानमन्त्री दाहालको काँग्रेसलाई बर्ग दुश्मन मान्ने नीतिको निरन्तरता

काठमाण्डौ । तेस्रो ठूलो दल माओबादी केन्द्रबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले नेपाली काँग्रेसले लगाएको गुण चटक्कै बिर्सेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको मुख्य समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री रहेका बिमलेन्द्र निधिलाई तेस्रो बरियतामा राख्ने निर्णय गरेर आफूलाई लगाएको गुनको सामान्य मूल्याँकन समेत गर्न कसेका छैनन् ।

उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधि संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलका प्रतिनिधिका हैसियतमा सरकारको नेतृत्व गरिरहेका ब्यक्ती हुन् । उन( गृहमन्त्री निधि)का ठाँउमा काँग्रेसबाट गगन थापा, प्रदीप पौडेल वा बद्री पाण्डे उमेरको हिसाबले जुनियर जो भएपनि दोस्रो बरियता पाउनुपर्ने सामान्य राजनीतिक सिद्धान्त हो । तर सामान्य राजनीतिक सिद्धान्तको उपहास गर्दै प्रधानमन्त्री दाहालले मुलुक धर्मनिरपेक्ष र गणतन्त्रमा गईसकेको बेला धर्म र राजा भन्न नछाडेका चौथो दलका अध्यक्ष कमल थापालाई बरिष्ठ उपप्रधानमन्त्री बनाईनु गलत हो ।

यसमा आईजीपी नियुक्तीमा गृहमन्त्री निधिसंग रिसाएका पार्टी सभापति शेरबहादुर देउवासंग सल्लाह गरेर प्रधानमन्त्री दाहालले उक्त निर्णय गरेका भए त्यो सभापति देउवाले जुन कारणले प्रधानमन्त्री दाहाललाई निधिलाई बरियतामा दोस्रो बनाउन सहमती दिएका भएपनि उक्त निर्णय नेपाली काँग्रेस पार्टी, संसारभर रहेका नेपाली काँग्रेसका नेता कार्यकर्ता मात्र नभएर एउटा सामान्य राजनीतिक प्रणलीको अपमान हो ।

यस बिषयमा सभापति देउवाले उत्तर दिनपर्छ भन्ने राजनीतिक बिश्लेशकहरुले बताईरहेका छन्, यानिकी बिहीबार उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधिले काँग्रेसबाट सरकारमा भाग लिएका मन्त्रीहरुलाई बोलाएर आफू बरियतामा एक नम्मर नभए राजीनामा दिने धम्की दिएका छन् । निधिको उक्त धम्कीको बाटो पनि त्यती उपयुक्त देखिदैन ।

उपप्रधानमन्त्ती निधिले आन्तरीक गृहकार्यबाट बरिष्ठ उपप्रधानमन्त्री हुने बाटो खोज्नुको सट्टा मन्त्रीहरुलाई बोलाएर राजीनामा दिने धम्की दिनु पार्टीको लागी पनि राम्रो होईन, भने उनको राजनीतिक भबिश्यका लागी पनि राम्रो होईन ।

कमल थापासंग काँग्रेसले बरिष्ठमा झगडा गर्न सुहाउने कुरा एक प्रतिशत पनि छैन, तर उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले उक्त आन्तरिक राजनीतिक सन्तुलन मिलाउन नसकेका कारण समस्या आएको छ ।

गृहमन्त्रीले राजीनामा दिए भने घोषणा गरिएको निर्बाचन गराउन काँग्रेसबाट अर्को उपप्रधान एबम् गृहमन्त्री अउछ र निर्बाचन गराउछ तर बर्तमान राजनीतिक अवस्थामा निधिलाइ बरियताको बिबादमा प्रधानमन्त्री पुष्पकमल दाहालले तानेका छन् त्यो हास्यास्पद छ, शत् प्रतिशत् गलत छ, कार्यकर्ता भन्छन् । १७ हजार मान्छे मारेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहालको काँग्रेसलाई बिगतमा प्रधान शत्रु सम्झने माओबादी नीतिलाई आन्तरीक रुपमा लादेको अनुमान लगाउन कठीन छैन, भन्ने बिश्लेशण उनीहरुको छ ।

प्रधानमन्त्रीले आफू भारत भ्रमण जाँदा कार्यबाहक प्रधानमन्त्री दिएका निधि चीन जाँदा कार्यबाहक नै तोकेर काँग्रेसलाई साईजमा ल्याउने रणनीतिमा प्रधानमन्त्री दाहाल भएको यसबाट प्रमाणीत हुन्छ ।

जुन गुटबाट काँग्रेसको नेतृत्व गरेका भएपनि बिमलेन्द्र निधि काँग्रेसका नेता हुन्, काँग्रेसका सिपाही हुन्, काँग्रेसका कार्यकर्ता हुन्, मुलुकको सबैभन्दा ठूलो पार्टीबाट सरकारको नेतृत्व गर्ने प्रतिनिधि हुन्, चाहे उनी क्षमतावान हुन् वा नहुन् त्यो फरक कुरा हो, उनलाई त काँग्रेसले पठाएको हो नि सरकारको नेतृत्व गर्न होइन र ? ।