राजनीति

कामचोर कर्मचारीहरुको तीब्र बिरोधमा पनि झण्डै ५ अर्ब फाईदा गराए, जताततै झिलिमिली

काठमाडौँ । गतवर्ष नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा मुकेशराज काफ्ले थिए । लोडसेडिङ दैनिक १२ घन्टा हुन्थ्यो । सरकारलाई मतलब थिएन । प्रधानमन्त्री थिए केपी ओली । उनलाई हावाबाट बिजुली निकाल्ने हवाई सपना बाड्ने फुर्सद थिएन । प्राधिकरण भित्र अराजकता थियो । तर अहिले समय बदलिएको छ । गत साउन १९ गते मुलुकको कार्यकारी प्रमुखमा पुष्पकमल दाहाल प्रधानमन्त्री बने । ऊर्जा मन्त्रालयको जिम्मा जनार्दन शर्मालाई दिइयो ।

प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेलाई हटाउन ऊर्जा मन्त्री शर्माले ठूलै पापड बेल्नुपर्यो । ऊर्जामन्त्री भएको तीन दिन लगत्तै शर्माले प्राधिकरणको एक कार्यक्रममा घोषणा गरे, प्राधिकरणभित्र साँढेजस्तो भएर नबस्नुस, चुहावट नियन्त्रणमा लाग्नुस् होइन भने म ट्रेड यूनियन खारेज गरिदिन्छु ।

मन्त्रीको भाषणमा राम्रै ताली बज्यो । तर कार्यान्वयन हुन्छकि हुँदैन भन्ने आशंका कायम थियो । तर आशंकालाई चिर्दै प्राधिकरणले योजनावद्ध रुपमा विद्युत् चुहावट अभियानलाई अगाडि बढायो । रातदिन नभनी अगाडि बढाइएको अभियानले नसोचेको सफलता हाँसिल गर्यो । आज प्राधिकरणमा उनै कार्यकारी निर्देशक कुलमान घिसिङले सगर्व घोषणा गरे र भने विद्युत् चुहावट चार प्रतिशतले घटेको छ । कुल २६ प्रतिशतको हाराहारीमा रहेको विद्युत् चुहावट हाल चार  प्रतिशतले कमी भएको छ ।

हाल प्राधिकरणको तथ्यांकमा विद्युत् चुहावटको मात्रा मात्रै २२ प्रतिशतको हाराहारीमा रहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म पाँच प्रतिशतको हाराहारीमा कमी आउनेछ । प्राधिकरणको सभाकक्षमा प्रसन्न मुद्रामा देखिएका कार्यकारी निर्देशक घिसिङले भने चोर समाउँदा मात्रै प्राधिकरणलाई रु एक अर्ब २० करोड प्राधिकरणलाई फाइदा भएको छ । विद्युत् चोरी नियन्त्रण गर्न हावाबाट विद्युत् निकाल्ने विचार राख्ने राजनीतिक दलको अवरोध नभएको होइन, प्राधिकरणलाई नजिकबाट नियालेका एक विज्ञले भने । प्राधिकरणले अगाडि बढाएको अभियान निरन्तर रुपमा अगाडि बढे प्राधिकरणलाई रु पाँच अर्ब बराबरको फाइदा हुनेछ ।

प्राधिकरणले करिब २५ हजार भन्दा बढी विद्युत् चोरीमा संलग्नलाई कारवाही गरेको छ । कार्यकारी निर्देशक घिसिङ आफै चोरी नियन्त्रणमा लागेका छन् । दिनरात नभनी उनी आफै खट्दा अरु कर्मचारी नखट्ने भन्ने थिएन ।  रु ३२ अर्ब घाटामा रहेको प्राधिकरण आगामी एक वर्षमा नाफामा जानेछ ।