आर्थिक

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि पर्यो १ सय १२ जनाको उम्मेद्वारी (नामसहित)

काठमाण्डौ । नयाँ नेतृत्वका लागि आगामी साता हुन लागेको उद्योग वाणिज्य महासंघको चुनावमा ६४ पदका लागि ११२ जनाले उम्मेद्वारी दिएका छन् ।  आगामी चैत २७ गते सुरु हुने केन्द्रीय अधिवेशनमा विभिन्न उद्योगी समूहका व्यवसायीहरुले नेतृत्वका लागि होडबाजी गरिरहेका छन् ।

मंगलबारको कारोबारमा लेखिएको छ,  उम्मेद्वारविरुद्ध कुनै पनि दाबी विरोध नभए एक उपाध्यक्ष र चार कार्यकारिणी समिति सदस्यहरु निर्विरोध हुने देखिएको छ । केन्द्रीय नेतृत्वका लागि किशोरकुमार प्रधान र शेखर गोल्छावीच प्रतिस्पर्धा हुँदैछ । जिल्ला, नगर, वस्तुगत तर्फ र एशोसिएटतर्फका उम्मेद्वारहरुको विवरण कारणबारे दैनिकले यसरी प्रकाशित गरेको छ ।