राजनीति

यमीको ‘नेपाल देश खारेज गर’ भन्ने अभिब्यक्ती सीके राऊत भन्दा हजार गुणा खतरनाक !

काठमाण्डौ । नयाँशक्ती नेपालकी नेतृ हिशिला यमीले नेपाल देश खारेज गर भनेकोमा बिषयमा सोमबार पत्रकार सममेलन गरेर नै माफी मागेपनि यमीलाई देश निकाला गर्नुपर्छ, देश द्रोहको मुद्धा लगाउनुपर्ने, हिशिलालाई फाँसी दिनुपर्ने लगायतका जनताका मागहरु सेलाएका छैनन् । बरु झन तीब्र र उग्र मागहरु बढीरहेका छन् फेसबुक, ट्वीटर लगायतका समाजीक संजालहरुमा ।

नयाँशक्तीका संयोजक तथा पूर्बप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी धर्मपत्नी समेत रहेकी यमी पूर्बमन्त्री पनि हुन् । उनले यस्ता गैरजिम्मेवार कुरा गर्नुले नेपालमा राजनीति गर्नेहरुको लेवल कस्तो हुन्छ भन्ने अनुमान लगाउन पनि गाह्रो नपर्ला ।

प्रधानमन्त्री पुष्पकमल दाहालका लागी  आफ्नै छोरा प्रकाश दाहाल, पूर्ब प्रधानमन्त्री  गिरिजाप्रसाद कोईरालाका लागी काँग्रेस नेतृ सुजाता कोईराला, पूर्ब राजा ज्ञानेन्द्र शाहका लागी पूर्ब युवराज पारस शाह, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका लागी छोरा चिन्तन पौडेल राजनीति घाँडो भएका देखिन्छन् । उनीहरुकै कारण समाजमा एकप्रकारको प्रतिष्ठा कमाएपनि बिशिष्ठ ब्यक्तीहरु बेला बेलामा राष्ट्रियस्तरका बिबादमा आईरहेका छन् ।

पूर्बमन्त्री हिशिला यमीले दिएको नेपाल खारेज गर्नु भन्ने अभिब्यक्ती तराईलाई अलग्याउनुपर्छ भनेर अभियानमा लागेका डा. सीके राउतको भन्दा बढी घातक छ, उनलाई नेपााल सरकारले कारबाही गर्छ या गर्दैन तथा यसलाई कस्तो रुपमा लिन्छ त्यो भबिश्यको कुरा हो तर डा. बाबुराम भट्टराईले केहि बर्ष अघि नेपाललाई मर्ज गर्नुपर्छ भन्ने अभिब्यक्तीसंग मिल्छ, हिशिला यमीको राजनीतिक स्तर नदेखिएपनि यो अभिब्यक्तीमा कुनै ठूलै रहस्य भएको राजनीतिक बिश्लेशकहरु दाबी गर्छन् । हिहिलालाई जुन डिजाईनबाट उक्त शब्द बोलेको भएपनि सरकारले देशद्रोहको मुद्धा लाउनुपर्छ भन्नेहरुको भीड बढिरहेको छ ।

प्रशस्त रुपैंया पैसा आर्जन गर्न र प्रतिष्ठा कमाउने उद्देश्यले राजनीति गरिरहेका हिशिला, सुजाता, प्रकाश, चिन्तन, पारस लाई प्रयोग गरेर उनीहरुका अभिभावक पानीमाथीको ओभानो हुनखोजेको पनि अनुमान सहि नै मान्नुपर्छ । नत्रभने बिबाद भएकाहरु किन ओभानोसंग कहिल्यै छुट्टिदैनन् त ? यहाँ गम्भीर प्रश्नचिन्ह खडा हुन्छ । हिहिलालाई पैसाको लेनदेनबिना काम नगर्ने नेतृको रुपमा पनि प्रचार गरिन्छ तर यसमा बाबुरामलाई जोडिदैन ।

यस्तै हो भने कि बाबुरामले यमीलाई सुधानुपर्यो, कित छाड्न सक्नुपर्यो ? राष्ट्रिय नेता हुन खोज्नेले सानो कुरामा अनिु त राम्रो र्भन नि होईन र ? दुबै गर्न सकेनन् भने बाबुराम र हिशिलाको सल्लाहमा नै सबै कुराहरु भएका भनेर जनताले बुझ्दछन् ।
सबैभन्दा सभ्य र उपयुक्त मुद्धा भनेको देशद्रोहको नै हो, सीके राउतलाई मधेस (भारतीय मूल)को मान्छे र्भएकोले समातिहाल्ने पुलिसले यमी (नेपाली मूल)लाई पनि तुरुन्त पक्राउ गरि आवश्यक कारबाही अगाडी बढाउने नेतादेखि सबैसाधारणसम्मका माग तत्काल पुरा गर्नु उपर्युक्त हुन्छ ।