राजनीति

निर्बाचनलाई लक्षीत गरि यी स्थानहरुमा जिल्ला प्रशाशनले गर्यो निशेधित क्षेत्र घोषणा

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राजनधानीक ६ ठाँउमा निशेधित क्षेत्र घोषणा गरेको छ । सरकारले घोषणा गरेको बैसाख ३१ को निर्बाचनलाई लक्षीत गरि बिभिन्न प्रदर्शनहरु भई निर्बाचनबिरुद्ध गतिबिधि हुने आशंकामा निशेधित क्षेत्र घोषणा गरेको छ ।

आईतबार नयाँशक्ती नेपालका संयोजक डा. बाबुराम भट्टराई निर्बाचन आयोगबाट पक्राउ परेकै दिन जिल्ला प्रशासन कार्यालयले उक्त कदम चालेको हो । निशेधित क्षेत्रमा जुलुस, धर्ना लगायतका गतिबिधि गर्न निशेध हुनेछ ।

संसद भबन नयांबानेश्वर, राष्ट्रपति निवास महाराजगञ्ज, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार र उपराष्ट्रपति निवास क्षेत्रमा निशेधित क्षेत्र घोषणा गरिएको छ ।