राजनीति

चुनावी घोषणापत्र तयार गर्न कांग्रेसले निर्माण गर्यो ३५ जनाको समिति, को–को छन् समितिमा ? (नामसहित)

काठमाण्डौ । मुलुक स्थानीय तहको निर्वाचनको माहोलले थप तात्दै गइरहेको छ । राजनीतिक पार्टीहरु आ–आफ्ना रणनीति र कार्यनीतिहरु निर्माण गर्न तल्लिन छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका पार्टीहरुले चुनावका लागि आफ्नो पार्टीका उम्मेद्धारहरुका लागि मापदण्डहरु तोकिसकेका छन् भने चुनावका लागि आन्तारिक र बाह् रणनीति तयार गर्ने गम्भीर गृहकार्यमा जुटिरहेका छन् । यसैबीच मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि चुनावी रणनीति तयार गर्ने गृहकार्यमा जुटेको छ । कांग्रेसले आफ्नो घाषणापत्र तयार गर्ने टिम समेत घोषणा गरिसकेको छ ।

स्थानीय चुनाव प्रजातान्त्रिक अभ्यासको सबैभन्दा प्रभावशाली प्रक्रिया भएकोले पनि त्यसका लागि जनताका बीचमा राजनीतिक, आर्थिक,सामाजिक मुद्धाहरुलाई लिएर जानुपर्ने हुन्छ । त्यसैले पनि सबै पार्टीहरुले चुनावमा आ–आफ्ना एजेण्डाहरु लिएर जाने गरेका छन् । त्यसैले कांग्रेसले पनि चुनावी घोषणापत्र तयार पार्ने आफ्नो पार्टीका प्रभावशाली विज्ञ नेताहरुको एउटा टिम तयार गरेको छ । जुन टिमले अबका केही दिनमा घोषणापत्र तयार गर्ने समेत जनाइएको छ । कांग्रेसले त्यो कामका लागि महेश आचार्यको संयोजकत्वमा ३५ जनाको समिति निर्माण गरेको जनाइएको छ । त्यो टिममा को–को छन् त ?

यस्तो छ समिति

संयोजक — महेश आचार्य
सदस्य — डा. रामशरण महत
सदस्य — डा. मिनेन्द्र रिजाल
सदस्य — फरमूल्लाह मन्सुर
सदस्य — मानबहादुर विश्वकर्मा
सदस्य — दिलेन्द्रप्रसाद बडू
सदस्य — एन.पी. साउँद
सदस्य — उमाकान्त चौधरी
सदस्य — अर्जुनप्रसाद जोशी
सदस्य — भीष्मराज आङ्दम्वे
सदस्य — डा. शेखर कोइराला
सदस्य — आनन्दप्रसाद ढुंगाना
सदस्य — चन्द्र भण्डारी
सदस्य — कमला पन्त
सदस्य — अजयकुमार चौरसिया
सदस्य — सुश्री अम्बिका बस्नेत
सदस्य — धनराज गुरुङ
सदस्य — महेन्द्र यादव
सदस्य — रत्न शेरचन
सदस्य — मीन विश्वकर्मा
सदस्य — बद्री पाण्डे
सदस्य — जीवन परियार
सदस्य — ईश्वरी न्यौपाने
सदस्य — सीता गुरुङ
सदस्य — सुजाता परियार
सदस्य — गोविन्द भट्टराई
सदस्य — गुरुराज घिमिरे
सदस्य — प्रदीप पौडेल
सदस्य — कल्याणकुमार गुरुङ
सदस्य — चिनकाजी श्रेष्ठ
सदस्य — रामकृष्ण यादव
सदस्य — विश्वप्रकाश शर्मा
सदस्य — डा.डिला संग्रौला
सदस्य — किरण यादव
सदस्य — सुश्री सरिता प्रसाई