राजनीति

केपी ओलीले भारतीय पोसाक लगाएर मधेस विरोधी षडयन्त्र गरको भन्दै कांग्रेस नेताको कडा टिप्पणी

काठमाण्डौ । नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी एमाले अध्यक्ष केपी ओलीबारे कडा टिप्पणी गरेका छन् । सप्तरीमा मधेसी मोर्चाका ४ जना कार्यकर्ता मारिए लगत्तै चौधरीले ओलीको कडा टिप्पणी गरेका हुन् ।
सप्तरी घटनाअघि मधेसी पोसाकमा सजिएका ओलीको तस्वीर राख्दै उनले कडा टिप्पणी गरेका हुन् । चौधरीले ओलीले लगाएको पोसाक भारतीय पोसाक भएको समेत आरोप लगाएका छन् । चौधरीले ओलीले उग्र राष्ट्रवादको नारा दिएर मधेसी जनता विरुद्ध षडयन्त्र गरेको आरोप समेत लगाएका छन् ।
यस्तो चौधरीको फेसबुक स्टाटस्ः

के पी शर्मा ओली संधै लबेदा शुरुवालमा ठाँठीएर उग्र राष्ट्रवादको भाषण फ्लाक्दै हिँड्ने मानिस भारतीय पोसाक लगाएर तराई मधेसमा नाटक मंचन गर्न पुग्नु भयो. यस्तो नाटक नौटँकी जनतालाई मन परेन. यो नाटक नौटँकी तुरन्त बन्द गर्नु पर्छ. त्यहाँ गहुँबारीमा शांतिपूर्ण प्रदर्शन गर्ने नागरिकहरुको छाती र टाउकोमा बर्बरतापूर्वक गोली हानियों. के पी शर्मा ओली र सीके राउत एउटै तत्व हुन. उग्र राष्ट्रवादको सोचले हिटलर जन्माउँछ. यस घटनाको तुरन्त छानबीन गरी निर्दोष जनताको हत्या गर्ने माथि तुरन्त कारवाही हुनु पर्छ. घटनामा शहादत प्राप्त गर्ने वीर सपूतहरू प्रति श्रद्धांजलि र उनका परिवार प्रति संवेदना व्यक्त गर्दछुं.